काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुभाष साहले नेपाल पत्रकार महासंघको आज बसेको केन्द्रीय कमिटीको बैठक बहिष्कार गर्नुभएको छ । उहाले नेपाल पत्रकार महासंघ विधान अनुसार नचलेकोले केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेको समाजिक सञ्जालमा लेख्नु भएको छ ।
बैठक चलिरहेको र बैठकमा महासंघको सदस्यहरुको नामावली माग गर्दा उपलब्ध गराईएन् साहले आरोप लगाउनुुभयो । आफुले पटक पटक माग गरिराखे तर नेतृत्वले उपलब्ध गराएन । विधान अनुसार महासंघ चल्नुपर्छ, सदस्यहरुको टुंगो पनि विधान अनुसार जिल्ला, प्रदेश कमिटीले गरेको निर्णयका आधारमा केन्द्रले अभिलेख मात्रै राख्ने हो ।
तर आफूखुशी मनलाग्दी पत्रकारको नाम काटने, गैर पत्रकारको नाम समावेश गर्ने बिषयमा मेरो गम्भिर आपती भएको उहाँले बताउनुुभयो ।
जिल्ला, प्रदेश शाखाले निर्णय नै नगरेको व्यक्तिको नाम केन्द्रबाट जबरजस्ती राखेर महासंघलाई भर्तिकेन्द्र बनाउँने र सदस्यता सुद्धिकरणको नाममा पत्रकारको नाम काटने नेतृत्वको नियत सही नभएको केन्द्रिय सदस्य साहले लेखनुुभएको छ ।
महासंघको नेतृत्व विधान अनुसार नचलेपछि उनीहरुको फर्जि काममा सहीछाप मात्रै लागाउँन आवश्यक देखिएन् । त्यसैले मैले बैठक बहिष्कार गर्नुपर्ने अवस्था साहले बताउनुुभयो ।