३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपा रौतहटको जिल्ला कार्यसमितिले आयोजना गरेको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

जसपा रौतहटको जिल्ला कार्यसमितिले आयोजना गरेको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रदिप कुमार दास, रौतहट ।

भदौँ ३१ गते , सोमबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरस्थित गोपाल सेवा समितिको सभा हलमा जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटको जिल्ला कार्यसमितिले आयोजना गरेको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले गरेका थिए। जनतासँग निकट रही पार्टीलाई अझै सशक्त बनाउन र संगठनलाई बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।

कार्यक्रममा, माधवनारायण नगरपालिकाका पूर्व मेयर बिरेन्द्र प्रसाद यादवको नेतृत्वमा वडा नं. २, खेसरहियाका पूर्व वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका नन्हक सहनी उर्फ हनुमान सहनीसहित सयौँको संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन्। यस्तै, दुर्गा भगवती गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष नेकपा एमालेका रमेश महतो, गरुडा नगरपालिकाका अनिल यादवको नेतृत्वमा गरुडा नगरपालिका वडा नं. ७, पिपरिया भिंडाबारका नेपाली कांग्रेसका पूर्व गा.वि.स. उपाध्यक्ष तथा पूर्व वडाध्यक्षसहित दर्जनौँले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। यसले रौतहट जिल्लामा जसपाको जनाधारलाई अझ विस्तार गरेको देखिन्छ।

कार्यक्रममा समाजवादी युवा संघ नेपाल रौतहटका जिल्ला अध्यक्ष पुन प्रताप पटेलको नेतृत्वमा देवाही गोनाही नगरपालिका वडा नं. ७, उचिडिहका मुनिफ अंसारीसहित दर्जनौँको संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन्। यसले युवा शक्तिलाई पार्टीमा सामेल गराउने र भविष्यमा पार्टीलाई उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

गोपाल सेवा समितिको भवनमा सम्पन्न यस कार्यक्रमका प्रमुख एजेन्डा दुई थिए। पहिलो एजेन्डाअनुसार, जसपा नेपालका जिल्ला अन्तर्गतका केन्द्रीय सदस्यहरूलाई पालिका वाइज जिम्मेवारी दिइएको छ। जिल्ला समितिका सदस्यहरूलाई १८ पालिकामा ३/३ जना अभियन्ताको रूपमा चयन गर्ने निर्णय गरिएको छ। यसले पार्टीको संगठनलाई स्थानीयस्तरमा अझ बलियो बनाउने अपेक्षा गरिएको छ। दोस्रो एजेन्डाअनुसार, प्रत्येक पालिका कमिटीद्वारा आउँदो असोज १७ गतेभित्र विस्तारित बैठक सम्पन्न गर्ने योजना बनाइएको छ। यसले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्य राखेको छ।

पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरूले जसपा नेपालको नीतिलाई समर्थन गर्दै पार्टीको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जसपाले सबै तहमा जनताको हितका लागि काम गर्ने र समाजमा न्याय, समानता, र विकासका मुद्दामा आवाज उठाउने भन्दै पार्टी प्रवेश गर्नेलाई स्वागत गरियो। यस कार्यक्रममा सहभागिता जनाउनेको ठूलो जमात रहेकोले पार्टीप्रतिको जनआकर्षण बढेको देखिएको छ।

कार्यक्रममा जसपा नेपालको केन्द्रीय उपाध्यक्ष पूर्व मन्त्री गोबिन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, प्रदेश सभा सदस्य माननीय अब्दुल कलाम अजाद ( फूलबाबू ), माननीय शोभा देवी साह, राष्ट्रिय सभा सदस्य माननीय पूजा चौधरी अतिथि केन्द्रीय सदस्य विश्वनाथ प्रसाद पटेल, चुल्हाई राय यादव, गौर नपाको पूर्व उप मेयर किरण ठाकुर, मधेश प्रदेशको प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश कमिटि सदस्य बिजय चौधरी, पुनीत राम, राजकुमार दास तत्मा, अतिथि रामबशिष्ट राय यादव, माधव नारायण नपाको नगर उप प्रमुख प्रीति रमण लगायत जसपा नेपालका सम्पूर्ण जिल्ला कमिटी, पालिकाका नगर अध्यक्ष सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.