३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मोहम्मद “डे” को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

मोहम्मद “डे” को अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

भक्ती रिजाल
सर्लाही। मुस्लिम धर्मका प्रबर्तक मोहम्मद पैगम्बरको ज्न्मोत्सबको अबसर पारेर हरिवन नगरपालिका वडा नम्बर ११,मा रहेको युथ गाइड इन्स्टिच्युटले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मोहम्मद पैगम्बरको १४९९औं जन्मोत्सवको अब्सर पारेर गरिएको रक्तदान कार्यक्रममा ८५ जना रक्तदाताlले  रक्तदान गरेका बताइएको छ ।

रक्तदान कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सामाजिक सद्भावको क्षेत्रमा असल काम गरेको भन्दै आयोजक युथ गाइड इन्टिच्युट्लाइ बधाई दिएका छ्न ।

सह- आयोजक रहेको हरिवन नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष शेष महबुब रेजले सबै सस्कृती भित्र राष्ट्रियता र एकता स्थापित हुने हुँदा पर्बहरुलाइ जगेर्ना गर्नु पर्ने बताए ।

“रक्त दान जीवनदान”भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको  आयोजक सस्था युथ गाइड इन्टिच्युटका संचालक अब्दुल मनानले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.