२९ आश्विन २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलामा सहभागीताका लागि प्रस्तावना पेश गर्न शिक्षा इकाइको अपिल – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलामा सहभागीताका लागि प्रस्तावना पेश गर्न शिक्षा इकाइको अपिल

सर्लाही । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेलामा सहभागि हुन सर्लाही जिल्ला भरीका विद्यालयहरुलाई आव्हान गरेको छ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, सिंहदरवार, काठमाडौँ र बलरा नगरपालिका, सर्लाहीको संयुक्त आयोजनामा हुन लागेको विज्ञान प्रदर्शनी मेलामा सहभागिका लागि प्रस्ताव पेश गर्न इकाइले विज्ञप्ती जारी गरेका छन ।

विद्यालयहरुले पेश गरेको प्रस्तावनाको आधारमा यूनेस्को, शिक्षा विकास तथा समन्वय इकाइ तथा बलरा नगरपालिकाले विद्यालय छनौट प्रक्रियालाई टुंगो लगाउने शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिए ।

प्रस्तावना पेश गरेका विद्यालयमा मापदण्ड पुगेका जिल्ला भरीका कक्षा ६ देखि १२ सम्मका निजि तथा सामुदायिक विद्यालहरुलाई सहभागिता गराउने शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएका छन ।

विज्ञान प्रदर्शनीका लागि आवश्यक जानकारी लिनका लागि शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले सम्पर्क व्यक्तिका रुपमा इकाइका प्राविधिक सहायक सुनिल कुशवाहालाई तोकेका छन ।

विज्ञान प्रदर्शनीमा मधेस प्रदेशका इन्जिनियंरिंग तथा विज्ञान कलेजहरुले समेत आफनो स्टल राख्न सकिने शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।

विद्यार्थीहरुको रचनात्मकता, वैज्ञानिक सोच, नवीनतम आविष्कारहरूको विकास गर्ने उद्देश्य र विद्यार्थीहरूका लागि विज्ञानप्रतिको रुचि अभिवृद्धि गर्न, व्यावहारिक ज्ञानलाई जीवन्त बनाउन एवम प्रतिभावान विद्यार्थीहरूको पहिचान गर्नका लागि “सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला गरेको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाका भनाई छ ।

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको अगुवाइमा विज्ञान प्रदर्शनी विषयमा मिति २०८१।०६।२१ गते जिल्ला स्तरीय प्रधानाध्यापक एवम् विज्ञान विषय शिक्षकहरुको बसेको बैठकले  २०८१÷०७÷०४ गते भित्र इच्छुक आधारभूत तह र माध्यमिक तहका  विद्यालयहरुले प्रस्ताव पत्र पेश निर्णय गरिएको इकाइका प्राविधिक सहायक कुशवाहाका भनाई छ ।

#जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सम्बन्धि थप जानकारी

विज्ञान प्रदर्शनी हुने स्थानः श्री जनता नमूना माध्यमिक विद्यालय, बलरा न.पा.८, गडहिया डुमरिया, सर्लाही ।
विज्ञान प्रदर्शनी हुने मितिः २०८१ कार्तिक महिनाको अन्तिम हप्ता । )शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाडौँको समन्वय पछि मिति तय गरिनेछ ।(
सहभागी हुने संख्या ः विज्ञान विषय शिक्षक १, छात्रा र छात्र गरी बढीमा ५ जना  ।
प्रस्ताव दर्ता गराउने अन्तिम मितिः२०८१÷०७÷०४ गतेसम्म ।
प्रस्ताव छनौट  मितिः२०८१÷०७÷०५ गते ।
आधारभूत तह र माध्यमिक तहका विद्यालयहरुको अलग अलग प्रतियोगिता हुनेछ । माध्यमिक तहका विधालयले दुवै प्रतियोगितामा सहभागी हुने भएमा सोही बमोजिम प्रस्ताव पेश गर्नु पर्नेछ। कुनै एक विद्यालयको एक तहमा एक विज्ञान प्रदर्शनीको मात्र मूल्यांकन गरिनेछ ।
सम्पर्क स्थानः शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाही ।
ईमेलः deosarlahi19@gmail.com unesconatcomnepal@gmail.com /  rameshworyadav2020@gmail.com

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगबाट ः आधारभूत तहको पुरस्कार रकम युनेस्कोबाट तोके बमोजिम हुनेछ  र प्रमाण पत्र ।
बलरा नगरपालिकाबाट ः माध्यमिक तहको पुरस्कार रकमः प्रथम पुरस्कार  रु. ३०,०००÷–(तीस हजार),द्वितीय पुरस्कार रु. २५०००÷–(पच्चिस हजार),तृतीय पुरस्कार रु. २०.०००÷(बीस हजार) ,सान्त्वना पुरस्कार  रु.  १०,०००÷दरले २ (दुई) विद्यालय र प्रमाण पत्र ।
८छनौट भएका विद्यालयहरुले स्टल निर्माण  प्रदर्शनी हुनु अगावै निर्माण  गरिसक्नु पर्नेछ ।
८प्रस्ताव छनौट  विद्यालयहरुले व्यवस्थान खर्च वापत एकमुष्ट रु ५०००(पाँच हजार मात्र) पाउनेछ ।
८विज्ञान प्रदर्शनीको विधा÷शीर्षक अनुसूची १ बाट पनि लिन सकिनेछ ।
नोटः यस जिल्ला वा मधेश प्रदेशका अन्य जिल्लाका माध्यमिक तह बाहेकका शैक्षिक संस्थाहरुले प्रतियोगितामा सहभागी नहुने गरी (निजी स्रोतबाट) प्रदर्शनीमा स्टल राख्न चाहेमा तोकिएको समयसीमा भित्र प्रस्तावना पत्र पेश गर्नु पर्नेछ ।

 

विज्ञान प्रदर्शनीको विधा/शीर्षक लिन सकिने क्षेत्रहरुः

माध्यमिक तहको विज्ञान प्रदर्शनी मेलामा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक सिद्धान्तहरू, आविष्कारहरू, नविनतम प्रविधि  र अनुसन्धाननत्मक कार्यहरु प्रदर्शन गर्न सक्नेछन्। यहाँ केही विषयहरू छन् जसमा विद्यार्थीहरूले प्रदर्शनी गर्न सक्छन्:
युनेस्कोको प्राथमिकताका विषयहरुः

Global warming, Rain water Harvesting, Climate Change and Natural Disasters,Environmentprotection& Uses of alternative energy

विद्यार्थीहरुको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारका क्षेत्रहरुः
भौतिक विज्ञान: ऊर्जा रूपान्तरण (जस्तै सौर्य ऊर्जा प्रणाली) प्रकाश र आवर्तनको प्रयोग (लेन्सको प्रयोग) विद्युतीय सर्किट र चुम्बकीय क्षेत्रहरू, ध्वनि तरंग र अनुनाद  (Reviavration, Hydrolic devices, Electric Bell, Newtonˀs law of motion ……

रसायन विज्ञान: रासायनिक प्रतिक्रिया र यसको प्रभावहरू  अम्ल र क्षारहरूको प्रयोग, ग्रीन हाउस ग्यासहरू र वातावरणीय प्रभाव, पानी शुद्धीकरण विधिहरू……..
जीवविज्ञान: वनस्पति र प्राणीहरूको संरचना कोषिका विभाजन र जैविक विकास पारिस्थितिकी प्रणाली र जैविक विविधता वातावरणीय संरक्षणका उपायहरू ……  ।

भूगर्भ विज्ञान: भूकम्प र ज्वालामुखीहरू जलवायु परिवर्तन र ग्लोबल वार्मिङको प्रभाव, भुक्षय र निक्षेपन, पहिरो र प्राकृतिक प्रकोपहरू
अन्तरिक्ष विज्ञान: सूर्य ग्रहण र चन्द्र ग्रहण,  ग्रह र तारा प्रणाली, अन्तरिक्ष अन्वेषणको इतिहास र भविष्य सौर्य प्रणाली मोडलहरू, गुरुत्वाकर्षण र ग्रहको परिक्रमा  ……  ।

प्रविधि र इन्जिनियरिङ: रोबोटिक्स र स्वचालन प्रणाली,  स्मार्ट घर प्रविधि,
कृत्रिम बौद्धिकता (AI)  र यसका अनुप्रयोगहरू…………………….
पुन: प्रयोग गर्न मिल्ने उर्जा स्रोतहरू (जस्तै वायु ऊर्जा, जल ऊर्जा  र जियोथर्मल उर्जा ज्वारभाटा उर्जा ), ……।

नविनतम प्रविधि सम्बन्धीः …….
STEAM सम्बन्धीः …….
विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसार कुनै पनि विषयमा प्रस्तुति तयार गर्न सक्छन्, जसले उनीहरूको ज्ञान र सृजनशीलतामा प्रदर्शन गर्न सहयोग गर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button