६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कलैया अस्पतालले स्वास्थ्यकर्मीलाई दिएन तलब – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

कलैया अस्पतालले स्वास्थ्यकर्मीलाई दिएन तलब

कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन । प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब नपाएको हो ।

मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुशवाहा र लेखापाल रामबालक यादवको जुहारीले दशैं, दिपावली, छठ पर्वको मुखमा दैनिक ज्यालादारीमा रहेका स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैन् ।

सबलाई नभई नहुने दशैको मुखमा स्वास्थ्यकर्मीले तलब किन नपाएको प्रतिक्रियालिन मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कुशवाहाको मोबाइल नम्बर…..३१११९ मा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन।

प्रादेशिक अस्पताल कलैयमा दैनिक ज्यालादारीमा ४०, निक साइम्नस संस्थाको तर्फबाट डाक्टर २, स्टाफ नर्स १, एनेस्थेसिया १, बायोमेडिकल १ गरि ५ जनाले, अस्पताल विकास समितिको तर्फबाट २५ जना स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन ।

सबको घरमा दशैंको रौनकले छाएको आफुहरू २४ घण्टा ड्युटी गरेर पनि दशैंमा आफ्नो छोराछोरीको सामुन्ने रितो हात घर जादा मन आत्मग्लानि हुने गरेको एक जना स्वास्थ्यकर्मीले जानकारी गराएका छन् ।

अस्पतालको सबै फोहर उठाएर दैनिक सफासुग्घर गर्दै आएको सफाइकर्मीले आफ्नो गुनासो काहा पोख्ने कसैले सुनिदिने नरहेको बताउछन् । दशैंको मुखमा नया कपडा त परै जाओस श्रावण महिना देखि उधारो किनेर जिविका चलाएको उनीहरू बताउछन । दशैंमा तलब आए दिउला भनेर आश्वासन दिदै आएको, तलब त पाएनन अब साहुले पनि उधारो नदिदा के खाने कसरी बाच्ने भनेर चिन्ताले सताएको स्वास्थ्यकर्मीले रुदै सुनाए ।

यता अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाइले मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको बदमासीले स्वास्थ्यकर्मीले तलब नपाएको बताए । दशैंको दुइ दिने अगाडी नै दुबै निस्किदा तलब खुवाउन नसकेको बताए । कर्मचारीतन्त्रले आफु अध्यक्ष भए पनि निरीह सरह भएको उनले सुनाए । कर्मचारीहरूको मनोपोलीले गर्दा खाता समेत संचालन हुन सकेको छैन । हालको मेसु यो भन्दा अगाडी पनि बसिसकेकोले पहिलाको कार्यकाल जस्तो गर्ने नदिएकोले तलब नखुवाई मेसु दशैंमा घर गएको आरोप लगाए ।

अस्पताल श्रोतका अनुसार स्वस्थकर्मीलाई तलव खुवाउन तयारी भए पनि अस्पतालका सुव्वा प्रेम कुमार पंडित र सहायक स्टोर किपर मनोज यादवले कमिसनको लोभमा मेसु र लेखापालको मिलोमतोमा स्वास्थ्यकर्मीको तलब रोकी अन्य शिर्षकमा रकम निकासा गरेको बताउछन । कमिशनको लोभमा समाग्री खरिद गरिन्छ तर चाडै प्रयोग विहिन बनाई पुन खरिद प्रक्रियामा जाने गरेका छन् । पंडित र यादवले नै गर्दा अस्पताल लथालिङ्ग अवस्थामा रहेको जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button