२८ पुष २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
काठमाडौं महानगर बिरुद्ध कवाड व्यवसायीले बुझाए प्रजिअलाई ज्ञापनपत्र – Nigrani Today
समाचार

काठमाडौं महानगर बिरुद्ध कवाड व्यवसायीले बुझाए प्रजिअलाई ज्ञापनपत्र

काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायी संघर्ष समिति काठमाडौंले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको हो ।

‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादव लागयतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button