सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
सर्लाही,२२ माघ । सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत देश सितामढी जिल्ला बस्ने अन्दाजी २७ वर्षीय छेदु रामको मृत्यु भएको छ ।गए राती धनकौल गाउँपालिका वडा नं.२ सहनी टोल स्थित भित्री सडकखण्डमा चिनी मीलबाट तेल बजार तर्फ जाँदै गरेको प्र. २–०३–००१ त ३०७१ नं. को ट्याक्टर दुर्घटना हुदाँ भारतीय नागरीक रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्याक्टर सडकको बाँया साईडमा अन्दाजी. १० फिट तल रहेको पोखरीमा ट्रली सहित ईन्जिनको भाग डुबेको थियो । ट्याक्टर चालक मृत्क रामको ट्याक्टरले च्यापी मृत्यु भएको र मृत्कको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मंलगवा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।