ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
सर्लाहीमा आगलागि ५ लाख बराबरको क्षति
![](https://nigranitoday.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-11-at-07.57.21-780x470.jpeg)
सर्लाहीको रामनगरमा आगलागी हुदाँ लाखौको क्षति भएको छ । गए साझ रामनगर गाउँपालिका वडा नं.–३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विधुतको तार सर्ट भई आगलागि हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागी बाट घर पुर्णरुपमा जली घर भित्र रहेको बाख्रा–५ वटा जली मृत्यु भएको, लताकपडा, कागजपत्र, अन्नपात, नगद रु. १० हजार सहित उक्त मुल्य बराबरको क्षति भएको छ ।
आगो पुर्णरुपमा नियन्त्रणमा आएको तथा मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।