सगरमाथा संवादमा संयुक्त राष्ट्रसंघको महासचिवलाई निमन्त्रणा गर्ने आग्रह
![](https://nigranitoday.com/wp-content/uploads/2025/02/IMG-20250211-WA0079-780x470.jpg)
काठमाडौं ।नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा “सगरमाथा संवाद” आयोजना गर्ने तयारी गरेको छ। यस संवादले पर्वतीय क्षेत्रका मुद्दा अन्तर्राष्ट्रिय समुदायको ध्यानमा ल्याउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने छ। यसलाई सत्तारूढ र प्रतिपक्षी सांसदहरूले ठूलो अवसरको रूपमा लिएका छन्।
सगरमाथा संवादको तयारीलाई ध्यानमा राख्दै आज प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले संसदमा विचार राख्दै जलवायु परिवर्तनको मुद्दालाई “जलवायु न्याय” को सन्दर्भमा प्रमुख प्राथमिकता दिने आवश्यकता रहेको बताए। उनले भने, “नेपाल जलवायु परिवर्तनको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको स्पष्टता दिन र पर्यटन प्रबर्धनमा मद्दत पुर्याउने तयारी गरिरहेको छ।”
ढकालले भने, “सगरमाथा संवादको अवसरमा, नेपालले संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसलाई निमन्त्रणा गर्न सभामुख महोदय मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु।”
सगरमाथा संवादमा विश्वभरिका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता सुनिश्चित गर्दै, नेपालका जलवायु परिवर्तनका पहल र पर्वतीय क्षेत्रको संरक्षणका लागि साझा आवाज उठाउने अवसर हुने अपेक्षा गरिएको छ।
नेपाल सरकारको सक्रियतासँगै, यो संवाद नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रबन्धन र नेतृत्वका लागि एक महत्वपूर्ण आधार बनाउनेछ।