१२ फाल्गुन २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
५२ जना विपन्न घरघुरीलाई ग्राजुएसन – Nigrani Today
ताजा खबर

५२ जना विपन्न घरघुरीलाई ग्राजुएसन

महोत्तरी, १२ फागुन ÷ एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ५२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।
सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले विपन्न महिलाहरुको आयआर्जनमा सहयोग गरी शसक्तिकरणमा मद्दत गरेको कुरा बताउनुभयो ।
सोही कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले साना साना ब्यवसायहरु संचालन गरेर महिलाहरु उद्यमशिलता तर्फ अग्रसर भएको बताउनुभयो ।
संस्थाद्वारा संचालित अति विपन्न घरधुरी स्नातक परियोजना मोडल अन्तर्गत एकडारा गाउँपालिकामा ४ सय ४ जना अति विपन्न घरधुरीलाई विभिन्न प्रकारको सीप, तालिम प्रदान गरी ब्यवसाय सहयोग गरिएको कुरा संस्थाका उपाध्यक्ष फुलमाया घिसिङ जानकारी दिनुभयो ।
परियोजना मोडल अनुसार सामाजिक सुरक्षा, वित्तिय समावेशीकरण, सामाजिक सशक्तिकरण र जीविकोपार्जन प्रवद्र्धन गरी चार वटै क्षेत्रका सूचकमा सहभागी घरधुरी पहिलेको अवस्थाबाट माथि उठ्न सफल भई परिवर्तन भएका ५२ घरधुरीलाई ग्राजुएसन गरिएको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष फुलमाया घिसिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. ५ का अध्यक्ष सेराजुद्धिन अन्सारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा ब्यवसायमा सक्रिय भई ग्राजुएसन हुन सफल ५२ जनामध्ये ६ जनालाई उत्कृष्ट ब्यवसायी (च्याम्पियन) का रुपमा सम्मान समेत गरिएको थियो । कस्मेटिक्स ब्यवसाय संचालन गरिरहेकी च्याम्पियन मध्येकी ममता साहले संस्थाले आफूहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै ब्यवसाय संचालनका लागि सहयोग गरेर ठूलो गुन लगाएको र यो ब्यवसाय अहिले परिवारको खर्च धान्ने माध्यम बनेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button