
सुशिल गजमेर
सर्लाही,१ चैत्र । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुुई जना पैदल यात्री घाइते भएका छन । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवाल रहेका छन ।
गए राति मलंगवा नगरपालिका ४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउदै गरेकोे एम्बुलेन्सले मृत्क लगायत अन्य दुुई जनालाई ठक्कर दिएको थियो । ठक्कर बाट मलंगवा नगरपालिका वडा नं. ४ बस्ने ५२ वर्षिय जितु राय र देश भारत सितामढी बस्ने २० वर्षिय राकेश गुप्ता गम्भिर घाइते भएका छन ।
घाइते भएका दुवै जना मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गम्भिर घाइते रायलाई प्रादेशिक अस्पताल पश्चात थप उपचारका लागि आज एस एण्ड पि हस्पिटल जनकपुरमा लगी उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।