सर्लाहीमा निःशुल्क खानेपानी वितरण, ८४५ घरधुरीले पाए राहत

सर्लाही,१२ साउन । सर्लाहीमा निरन्तर रुपमा निःशुल्क खानेपानी वितरण भइरहेको छ । खानेपानी संकट प्रवाभितहरुको लागि ४ दिन देखि मलंगवा ब्रम्हपुरी जस्ता पालिकाहरुमा सञ्चालन गरिरहेको निशुल्क खानेपानी बितरणबाट हालसम्म अनुमानित ८ सय ४५ घरधुरीहरुले राहत महशुस गरेका छन् ।
वागमती सेवा समाज नेपालले, नेपाल सरकार, मधेश प्रदेश सरकार, तथा जिल्ला बिपद ब्यवस्थापन समिति सर्लाहीको आह्वानमा, हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड हरिपुर, नेपाल सरकारका बिभिन्न निकायहरु, तथा अक्सफामको सहयोगमा, खानेपानी वितरण भइरहेको छ ।
मधेशब्यापी खडेरीको अवस्थामा समग्र सर्लाही जिल्ला तथा दक्षिणबर्ती पालिकाहरुले भोग्नु परेको खानेपानी संकटबाट बच्न तत्कालको लागि वागमती सेवा समाज नेपाल तथा अक्सफामको यो सहयोग महत्वपुर्ण रहेको तर यसको दिगो ब्यवस्थापनको लागि सम्बन्धीत कसैको पनि ध्यान नगएकोमा सम्बन्धीत वडाका वडाध्यक्षहरु, पालिका प्रमुखहरु, तथा स्थानीय जनताहरु चिन्ता ब्यक्त गरेका छन् ।
बिशेषगरी, वागमती सेवा समाज नेपालका प्रनिनिधीहरुसंगको सोमवार भएको एक भेटमा, सर्लाहीमा खानेपानी आपुर्तिका लागि पाइपलाईन प्रणाली मार्फत भै रहेको आपुर्तिमा समस्या छैन तर ट्युववेल मार्फत भै रहेको आपुर्तिमा ठुलो समस्या आएको ब्रम्हपुरी गाउ पालिकाका अध्यक्ष राम पदारथ साह तेलीले बताउनु भयो । वहाका अनुसार ब्रम्हपुरी गाउ पालिकामा साना साना ३ वटा खानेपानी आयोजनाहरु बनेको भएता पनि प्राबिधिक तथा ब्यवस्थापकीय कमजोरीका कारण धेरै अगाडि देखि नै बन्द रहेकोले यिनिहरुको सञ्चालनका लागि सहयोगको अपिल समेत गर्नु भयो ।
यस अभियानले आपतकालीन अवस्थामा स्थानीय सरकार र गैरसरकारी संस्थाबीचको सहकार्यले कस्तो प्रभावकारी भूमिका खेल्न सक्ने हो भन्ने उदाहरण प्रस्तुत गरेको छ । विशेषगरी संकटमा परेका पिँधमा रहेका समुदायलाई आधारभूत सेवा उपलब्ध गराउनु राज्य र समाजको दायित्व भएको कुरा पनि यो पहलले उजागर गरेको छ ।