२३ माघ २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको सूचना – Nigrani Today
ताजा खबर

निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको सूचना

सर्लाही,२९ माघ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित धनीहरूलाई सूचना जारी गरेको छ। फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

सूचनाअनुसार सर्लाही जिल्ला भित्र इजाजत प्राप्त हातहतियार धनी सबै व्यक्तिहरूले आफू सँग रहेका हातहतियारहरू सूचना प्रकाशित भएको मितिले १५ (पन्द्र) दिनभित्र अनिवार्य रूपमा नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।प्रशासनले बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता प्रदान गर्ने गरी सुरक्षित रूपमा राखिने स्पष्ट पारेको छ।

यसले निर्वाचन अवधिमा हुन सक्ने कुनै पनि अप्रिय घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास प्रशासनको रहेको छ।जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा सूचनालाई अटेर गरेमा प्रचलित कानून बमोजिम हातहतियार जफत गरी कानूनी कारबाही अगाडि बढाइने चेतावनीसमेत दिएको छ।प्रशासनले सबै इजाजत प्राप्त हातहतियार धनी नागरिकहरूलाई कानूनको पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button