
सर्लाही । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवार मनोज देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
देवकोटाले सर्लाहीस्थित क्षेत्र नम १ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको हो। उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



