१९ माघ २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा सन्त शिरोमणी रविदास जयन्ती धुमधामका साथ मनाइयो – Nigrani Today
ताजा खबरधर्म दर्शनमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा सन्त शिरोमणी रविदास जयन्ती धुमधामका साथ मनाइयो

सर्लाही,१८ माघ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सन्त शिरोमणी गुरु रविदास महराज जी को ६४९औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ ।रविदास सेवा समाजको आयोजनामा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा  विशेष कार्यक्रम गरि जयन्ती मनाइएको स्थानीय विनय महराले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा  बहुजन एकता पार्टी नेपाल पार्टीका वरिष्ठ नेता राजाराम पासवानले शन्त रविदासले समाजमा समानता, प्रेम, सद्भाव र मानवताको सन्देश फैलाएको स्मरण गर्दै उहाँका शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । जातीय भेदभाव, छुवाछुत र अन्य सामाजिक कुरीतिविरुद्ध उहाँले देखाउनुभएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको पासवानको भनाइ थियो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा पहिलो पटक सन्त शिरोमणि गुरु रविदास जी को जन्म जयन्ती समारोह आयोजना गरेको थियो । नेपालमा सरकारी स्तरबाट सम्भवत पहिलो पटक चन्द्रनगर गााउँपालिकाले सन्त शिरोमणि गुरु रविदास जन्म जयन्ती मनाउन शुरूवात गरेको थियो । जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिइएको छ ।

चन्द्रनगर गाउँपालिकामा मात्रै करिब एक हजारको हाराहारीमा गुरु रविदासको विचार र परम्परासँग सम्बन्धित चमार समुदायको बसोबास रहेको रहेको छ। “सन्त शिरोमणि गुरु रविदास विभेदमुक्त, समानतामा आधारित समाजको परिकल्पना गर्ने बहुजन समुदायका गौरव हुनुहुन्छ,” महतोले भन्नुभयो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक एकता बलियो बनाउनुका साथै शन्त रविदासका आदर्श र विचारलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

शिक्षक राम नरेश रामले सन्त शिरोमणि गुरु रविदासको मार्ग बाट धेरै सिक्न सकिने बताउनुभयो । उहाले चमार समुदायमा गुणस्तरीय शिक्षा अती आवश्यक भएको हुदा सबैलाई शिक्षा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष गिता देवी महतो, नेपाली कांग्रेसका नेता सत्यदेव सिंह दनुवार, तेजनारायण चौधरी, चन्द्रनगरका विभिन्न वडाका वडा अध्यक्ष लगायत गुरु रविदासको विचार र परम्परासँग सम्बन्धित चमार समुदायको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button