७ फाल्गुन २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते – Nigrani Today
ताजा खबर

सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाही ,७ फागुन ।  सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गए राती ठिल्ला नजिकै दिशा एकिन हुन नसकेका बिआर ३०एआर ३४५८, बिआर ३०एपी ३८०९ र एचपी ५५ सि ०६२३ नम्बरका तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका अन्दाजी ३०/३५ वर्षका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राइले जानकारी दिनुभयो ।

उनिहरुलाई राति ९ बजे प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो भने राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। दुवैको लालबन्दी मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा लिइएको र दुर्घटनाको कारण तथा सवारी चालकको पहिचान खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button