पालिकामा बजेट बढाउन र वडा अध्यक्षमा आरक्षणको व्यवस्था गर्न आजपा नेता नरेश तुरहाको माग

रौतहट,२९ चैत ।आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् ।
रौतहटको देवाहीगोनाहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुरहाले स्थानीय तह बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
यदि वडा सदस्य हटाउने हो भने वडा अध्यक्षमा आरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए । महिला, दलितहरुलाई वडा अध्यक्षमा आरक्षणको व्यवस्था गरेर वडा सदस्य हटाउन सकिने अध्यक्ष तुरहाले बताए ।
`स्थानीय तहमा बजेट बढाउनुपर्छ । अहिलेको बजेटले स्थानीय तहको आवश्यकता पुराहुदैन । वडा सदस्य हटाउने तर वडा अध्यक्षमा महिला, दलितको आरक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ,´ तुरहाले भने ।
संविधान संशोधन गरेर स्थानीय तहमा पालिकाको निर्वाचन दलबिहिन गर्नुपर्ने र पालिकालाई प्रदेश मातहतमा राख्न आवश्यक रहेको उनले बताए ।



