ताजा खबर
एमालेबाट निर्वाचित मेयर प्रेमलाल साहसहित वडा अध्यक्षहरु आजपामा प्रवेश

रौतहट, २९ चैत । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साह सहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.-९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् ।
आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् ।
विभिन्न गाउँघरमा भेटघाट गर्दै मुलुक, जनता सहित स्थानीयको समस्या लगायत विभिन्न बिषयमा छलफल गर्दै अगाडी बढिरहेका आजपा अध्यक्ष साहले आज देवाहिगोनाहीमा भेटघाट गरेका छन् ।



