९ बैशाख २०८३, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
परवानीपुरको बोहोरेडाडास्थित पुष्पलाल पार्कमा सरसफाइ, कृषी कलेजको सार्वजनिक सुनुवाइको तयारी – Nigrani Today
ताजा खबरपत्रपत्रिकाप्रदेशमधेश प्रदेशवातावरणशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

परवानीपुरको बोहोरेडाडास्थित पुष्पलाल पार्कमा सरसफाइ, कृषी कलेजको सार्वजनिक सुनुवाइको तयारी

सर्लाही — मिरमिरे युवा क्लबको आयोजनामा लालबन्दी नगरपालिकाको परवानीपुर स्थित पुष्पलाल पार्क, बोहोरेडाडामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
लालबन्दी नगरपालिकाको परवानीपुरमा निर्माण हुन लागेको कृषी कलेजको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम बैशाख १० गते आयोजना हुने तय भएको छ। सोही कार्यक्रमलाई मध्यनजर गर्दै बैशाख ९ गते बिहान सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय बेची लुङेली, वडा अध्यक्ष गणेश थापा (गोरख बल), वडा सदस्य तिलक घलान, पुष्पलाल पार्क व्यवस्थापन समितिका अध्यक्ष उध्दव पाठक, युवा समाजसेवी जय गोले, नीरबहादुर घलान लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, क्लबका अध्यक्ष सोनाम तामाङ, उपाध्यक्ष बिनय घिमिरे, सचिव सुशील बस्नेतसहित स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूका लागि खाजा तथा पानीको व्यवस्थापन युवा समाजसेवी जय गोलेले गर्नुभएको थियो।
सरसफाइ कार्यक्रममार्फत सार्वजनिक स्थल संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धिमा टेवा पुगेको विश्वास गरिएको छ। साथै, आगामी सार्वजनिक सुनुवाइ कार्यक्रम सफल बनाउन यसले सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button