१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एक सय दलित बाल बालिकाहरुलाई छात्रवृती वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एक सय दलित बाल बालिकाहरुलाई छात्रवृती वितरण

प्रेमनाथ पौडेल
सर्लाही,६ श्रावन । सर्लाहीमा एक सय दलित बाल बालिकाहरुलाई छात्रवृती वितरण गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (एन सि एस ई पि) अन्तर्गत छ्नौट मा परेका एक सय दलित बाल बालिकाहरुलाई छात्रवृती वितरण गरिएको हो ।

सर्लाहीको कबिलासी ,हरिपुर्वा ,मलङ्वा,गोडैता नगरपालिका र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिका गरी १ सय जना दलित बाल बालिकालाई २ लाख १५ हजार २ सय रकम दिई छात्रवृत्ति वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । नगद छात्रवृत्ति प्रत्येक तीन महिनामा बितरन हुने गर्दछ र सोहि अनुरुप विभिन्न पालिकामा वितरण भएको कार्यक्रम अधिकृत गोबिन्द पास्वानले जानकारी दिए ।

छात्रवृती आर्थिक रुपमा कमजोर र शैक्षिक रुपमा पछाडि पारिएको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाई लक्षित गरि २०१३ अप्रिल देखि सर्लाहीमा सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल छात्रवृत्ति कार्यक्रम संचालन हुँदै आएको छ ।छात्रवृती कार्यक्रम कविलासी कलस्तरमा आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा अध्यक्ष बिरेन्द्र साह ,प्रधानाध्यापक कमलेश्वर झा ,संस्थाका सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.