१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्रियाशील सदस्यमा मनोमानी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु – Nigrani Today
मधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्रियाशील सदस्यमा मनोमानी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु

सर्लाही,६ श्रावन । सर्लाहीमा नेपाली काँग्रेसमा विधान तथा नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं – ४ का संघीय सांसद डा.अमरेश कुमार सिंहको सहयोगमा नेपाली कांग्रेस , केन्द्रीय कार्यालय सानेपा तिन दिन देखि लगातार सलाहीका पूर्व सभापतिहरु लगायत अन्य नेताहरु धर्नामा बसेका थिए ।

तर चौथो दिन बुधवार बाट नेपाली कांग्रेस सर्लाहीले पार्टीको १४ औं अधिवेशनमा प्रभाव पार्ने उदेश्यले बितरित अनियमित क्रियाशील सदस्य बितरणका बिरुद्धमा छानविनको माग गर्दै नेपाली काग्रेस बसबरीया गाउँपालिका वडा नं.१ निवासी पुरानो नेता तत्कालीन मानपुर गाविस अध्यक्ष राम गोविन्द राय आमरण अनसनमा बसेका छन । रायले सर्लाहीका चार वटै क्षेत्रमा कृयाशिल सदस्यता वितरणमा गरिएको धाँधली को विरुद्धमा आज बिहान देखी केन्द्रीय कार्यालय सनेपा ललितपुर माआमरण अनसनमा बसेका छन ।

४ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नं. १ मा शम्भुलाल श्रेष्ठले र क्षेत्र नं. २ मा जंगीलाल रायले समायोजनको नाममा आफु खुसि मनपर्दी ढंगले पार्टी बिधान बिपरित क्रियाशिल वितरण गरेको नेपाली काँग्रेसका पूर्व सभापती लक्ष्मण रायले बताए । त्यस्तै क्षेत्र नं. ३ र ४ मा जिल्ला सभापती नागेन्द्र कुमार रायले आफुखुसि पार्टीको क्रियाशील सदस्य वितरण तथा नवीकरणमा मनोमानी गरेको निवर्तमान सभापति रायको आरोप छ ।

सभापति रायले जिल्लामा बढेको विवाद मिलाउनुको साटो अटेरी गरेर हुकुमी शैलीमा काम गरिरहेको उनले बताए । रायले अहिलेको निर्वाचित जिल्ला कमिटी कांग्रेसको नीति र विधान मान्नसमेत तयार नरहेको उल्लेख गर्दै कांग्रेसको सदस्यता ठेकेदारको घरमा पुगेको आरोप लगाए ।

‘जिल्लामा बढेको विवाद मिलाउनुको साटो वर्तमान सभापति हुकुमी शैलीमा अगाडि बढिरहेका छन्, नीति र विधान मान्न तयार छैनन्,’ निवर्तमान सभापति रायले भने, ‘वडाको काम पनि जिल्लाले नै गरिरहेको छ, आम कार्यकर्ताले पाउने सदस्यता ठेकेदारको घरमा पुगिरहेको छ ।’ अर्का पूर्वजिल्ला सभापति सत्यदेव सिंह दनुवारले संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बेलामा विभिन्न किसिमको जालझेलले लज्जाबोध हुन थालेको दुःखेसो पोखे ।

उनले विगतमा संघर्ष गरेर पार्टी एकढिक्का बनाएर लगेकोमा पछिल्लो समय गुट उपगुटले पार्टीलाई तहसनहस बनाएको जानकारी दिए ।सिंहले अझै पनि पार्टीमा विधिको शासन लागू नगरिए त्यसको क्षति पार्टीले व्यहोर्नुपर्ने भन्दै सचेत गराए । ‘निकै संघर्ष गरेर हामीले पार्टीलाई जिल्लामा यो तहसम्म पु¥याएका हौं, तर अहिले विभिन्न किसिमको गुट उपगुट हाबी भएको छ, यसले समग्र रूपमा पार्टीलाई नै अहित गर्छ,’ सिंहले भने ।

सर्लाही क्षेत्र नं.१ को क्षेत्रिय प्रदेशसभा (क) अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं.१ को नेपाली कांग्रेस वडा समितिको मिति २०७७÷११÷१० तथा १६ गतेको निर्णय अनुसार ३० जनालाई नयाँ क्रियाशिल सदस्यता दिने निर्णय अनुसार वडा सभापतिले सिफारिश गरि गाउँ समिति तथा प्रदेश समितिमा पठाइएकोमा गाउँ समिति तथा प्रदेश समिति वाट समेत सिफारिश भई पठाइएकोमा जिल्ला सभापतिले पार्टीको विधान तथा नियम विपरित आफु खुशी सदस्ता प्रदान गरेको तथा नविकरण क्रियाशिल सदस्यता संख्या ३० वटा र समायोजन क्रियाशिल सदस्यता २२ वटा नयाँ फारममा हुनुपर्ने तर २२ वटा बाहेक जिल्लाले पुराना सदस्यतामा १३ र क्षेत्रले २० नयाँ थप गरी जम्मा ३३ नयाँ तथा पुराना सदस्यहरु थप गरी जिल्ला र क्षेत्रले मिलोमतो गरी अनाधृत रुपले पुरानो फारममा नविकरण गरेकोले उक्त ३३ वटा क्रियाशिल खारेज गर्न केन्द्रिय कार्यालयमा आफुहरुले उजुरी समेत गर्दा कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर धर्नामा बस्नु परेको महाधिवेशन प्रतिनिधि सोनेलाल साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.