१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा – Nigrani Today
ताजा खबरराजनीतिसमाचारसमाजस्थानीय

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा

काठमाडौं,६ श्रावन । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए ।

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले रातोपाटीसँग भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् । स्राेत राताेपाटी ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.