ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
सवारी दुर्घटनामा खुटा गुमाएका मुखियालाई ह्विल चेयर प्रदान
बसवरीया,१२ साउन । सर्लाहीको बसवरीया गाउँपालिका वडा नं. ४ बस्ने सन्तोष मुखियालाई ह्विल चेयर प्रदान गरिएको छ । बिगत दुई वर्ष पहिला सवारी दुर्घटनामा परि मुखियाले आफ्नो देब्रे खुटा गुमाएका थिए ।
देब्रे खुट्टा गुमाएका मुखियालाई बसवरिया गाउँपालिका वडा नं. ४ कै स्थानिय समाजसेवी युवा बच्चेलाल पंडितले नेपाल पत्रकार महासंघ सर्लाहीका पुर्व अध्यक्ष बिश्वनाथ ठाकुर र खुश्बु अफ्सेट प्रेस मलंगवा सँग समन्य गरी मुखियालाई ह्विल चेयर प्रदान गरेको छ ।
बिगत दुई वर्ष देखि पहिला नै खुट्टा गुमाएका मुखिया आर्थिक अभावका कारण ह्विल चेयर किन्न सकेका थिएन । समाजसेवी युवा पंडितले सोमवार पत्रकार महासंघका पुर्व अध्यक्ष ठाकुरकै उपस्थितिमा उक्त ह्विल चेयर प्रदान गरेको हो ।