१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा हात्ति आंतक एकको मृत्यु, एक घाईते – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा हात्ति आंतक एकको मृत्यु, एक घाईते

सर्लाही,११ श्रावन । सर्लाहीमा दिनप्रतिदिन जंगली हात्तिको आंतक बढेको छ।हात्तिको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

हरिवन नगरपालिका वडा नं ४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई गए राति २ बजेतिर जंगली हात्तिले आक्रमण गरेको थियो । छिमेकमा रहेको विवाह घरमा जादैँ गर्दा एक्कासी देखा परेको जंगली हात्तिले आक्रमण गर्दा पेट र खुट्टामा चोट लागि खातुन घाईते हुनुभएको थियो ।

घाईते खातुनलाई हरिवनमा रहेको नमुना अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज, विरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय,सर्लाहीले जनाएको छ। खातुनको विरगञ्जमा उपचारकै क्रममा बिहान साढे ६ बजेतिर मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो ।

यस्तै, सर्लाहीको बागमती नगरपालिका(४ स्थित रेल्वे लिक नजिकै एक पुरुष हात्तिको आक्रमणबाट घाईते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका उक्त घाईते पुरुष अन्दाजी ३५ वर्षको रहेको र पहिचान नखुलेको प्रहरीले जनाएको छ।

जंगली हात्तिको आक्रमणबाट उनको कान र खुट्टामा चोट लागेकोमा नमुना अस्पताल, हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि नारायणी उप(क्षेत्रिय अस्पताल,विरगञ्ज रेफर गरिएको डिएसपी बुढाथोकीले जानकारी दिनुभएकोे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.