११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
मौलापुर नगरपालिकामा मतगणना शुरु गर्न माग – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

मौलापुर नगरपालिकामा मतगणना शुरु गर्न माग

रौतहट ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रौतहटको मौलापुर नगरपालिकामा मतगणना शुरु गर्न माग गरेको छ । सत्तारुढ गठबन्धनले मतगणना गर्नमा बहानाबाजी गरेपछि एमाले मौलापुर नगरकमिटीले छिटोभन्दा छिटो मतगणना शुरु गर्न माग गरेको हो ।

निर्वाचन आयोगले यस अघि नै मौलापुर नगरपालिकाको मतगणना नगरपालिका भवनमा गर्ने निर्णय गरेको थियो । सो निर्णय सत्तारुढ गठबन्धनकै दबाबमा भएको थियो ।

तर मतदान सम्पन्न भएर मतपेटिका मौलापुर नगरपालिकामा आईसकेको भएपनि अहिले सम्म गणना शुरु हुन सकेको छैन् । सत्तारुढ गठबन्धनले मौलापुर नगरपालिकाको पथरा स्थित विद्यालयमा गर्नुपर्ने अडान लिएर मतगणनामा सहभागि भईरहेको छैन् ।

एमाले मौलापुर नगरकमिटीका अध्यक्ष नागेन्द्र साहले मतदान सम्पन्न भईसकेको अवस्थामा स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा मतगणना कार्य अगाडी बढाउनुपर्ने माग गरेका छन् । आफू हार्न थालेको संकेत पाएर सत्तारुढ गठबन्धनका नेताले मतगणना कार्यलाई अगाडी बढाउन नचाहेको आरोप साहको रहेको छ ।

‘सत्ता गठबन्धनकै दलहरुको ईशारामा निर्वाचन आयोगले मौलापुरको मतगणना स्थल तोकेको थियो । आज तिनै गठबन्धनका नेताहरुले मतगणना स्थलकै नाममा बखेडा झिखेर मौलापुरको मतगणना रोकेको छ । हार्ने डरले जे पनि हद पार गर्नेले किन राजनीति गर्नु रु बरु सन्यास लिएर जोगी बनेर बस्दा राम्रो । मौलापुरको मतगणना तत्काल सुरु गर्नुपर्छ, कुनै षड्यन्त्र सफल हुन सक्दैन’ एमाले नगरकमिटीका अध्यक्ष साहले भने ।

एमालेले यस अघि नै सत्तारुढ गठबन्धनको इशारामा रौतहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएको थियो । यसअघि देखी नै एमालेले पटक पटक रौतहको निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा गर्नुपर्ने माग गर्दै आएको छ ।

‘एकातिर कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले रौतहटको प्रायजसो स्थानमा आफैं धाँधली गरेर चुनाव निष्पक्ष हुन दिएन अर्को तिर आफैले गरेका कर्तुतको नाममा बखेडा गरिरहेको छ’ एमालेले भनेको छ ।

एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह अमरले सत्तारुढ पाँच दलीय गठबन्धनसंग मिलेर सरकारले स्थानीय तहको निर्वाचनलाई प्रभावित गर्न खोजेको आरोप निर्वाचन हुनुभन्दा एक हप्ता अघि नै लगाउदै आपती जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.