३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा १४ हजार ९ सय ३० जनाले लगाए कोभिड बिरुद्धको खोप – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनमा १४ हजार ९ सय ३० जनाले लगाए कोभिड बिरुद्धको खोप

प्रेमनाथ पौडेल
हरिवन, १ भदौ । सर्लाहोको हरिवन नगरपालिकामा कोभिड विरुद्धको खोप झण्डै १४हजार ९सय ३० जनाले लगाएका छन ।देश मा बढ्दै गएको कोभिड बाट आम नागरिकको स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकारले बिभिन्न चरण र उमेर समुह लाई दिदै आएको कोभिड विरुद्ध लडने क्षमताको खोप हरिवनमा लगाउने को संख्या झण्डै १५ हजार पुगेको छ ।

रोग न्युनिकरण र त्यस बाट नागरिक लाई बचाउनको लागि हरिवन नगरपालिकाले पनि कामको प्राथमिकता अग्रभागमा रहेर काम गर्ने र उमेर लाई प्राथमिकतामा राखि गत माघ बाट संचालन गरेको कोभिड बिरुद्धको रोगसंग लडने प्रतिरोधात्मक क्षमताको खोप कार्यक्रममा हाल सम्म नगरपालिका अस्थायी कोभिड अस्पताल सासापुर र अन्य नगरभित्रका बिभिन्न स्वास्थ्य चौकिमा संचालन गरेको कोभिसेल्ड ,भेरो सेल तथा जोनसोन खोप गरि हाल सम्म १४हजार ९सय ३०जनाले खोप भ्याकसिन लगाएको हरिवन नगर स्वास्थ्यशाखाले जनाएको छ ।खोप लगाएका मध्ये ५ हजार ३सय ३६जना ले पुर्ण खोप पहिलो तथा दोस्रो दुबै डोज खोप लगाएका नगर स्वास्थ्य सह–संयोजक रामबाबु चौधरिले बताउनु भयो ।

त्यस्तै गत श्रावण २६ देखि ३२ गते बुधबार सम्म ६ दिन भित्र मात्रै ४ हजार २ सय २४ जनाले भेरोसेल खोप लगाएको नगर स्वास्थ्यशाखा हरिवनले जनाएको छ ।यस्तै गत २०७७ माघ देखि हाल सम्म कोभिसेल्ड इन्डियन खोप ३ हजार ६ सय ५१ जना, भेरोसेल चाईनिज खोप ७ हजार ७ सय ५६ जना र जोनसोन अमेरिकन खोप ३ हजार ५ सय २३ जनाले लगाई सकेको हरिवन नगर स्वास्थ्य सह–संयोजक चौधरील निगरानी टुडेलाई बताउनुभयो ।

त्यस्तै केही दिन भित्रै अब गत २०७७ माघ र फागुन महिनामा कोभिड रोग संग लडने प्रतिरोधात्मक क्षमता पहिलो डोज खोप लगाई सकेकाहरुको लागिको इन्डियन कम्पनिको कोभिसेल्डको दोस्रो डोजको खोप कार्यक्रम संचालन हुने पनि जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.