२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
प्रदेश सांसद महतोद्वारा दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

प्रदेश सांसद महतोद्वारा दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

चन्द्रनगर ,३२ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका निर्माण भएको दुईवटा आधारभूत स्वास्थय सेवा केन्द्रको प्रदेश सांसद उपेन्द्र महतोले आज उद्घाटन गरेका छन्।

चन्द्रनगर गाउँपालिका वाडा नं. ४, पोखरियामा आज ११ बजे र चन्द्रनगर गाउँपालिका वाडा नं. ३, वरकुर्वामा आजै ३ बजे आधारभूत स्वास्थय सेवा केन्द्रको प्रदेश सांसद महतोले उद्घाटन गरेका छन्। दुईवटै स्वास्थ्य केन्द्रमा केन्द्र सरकारको बजेट आएको र गाउँपालिकाबाट ३८÷३८ लाखमा टेन्डर भई निर्माण सम्पन्न भएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोक शाहले बताउनुभयो।

पोखरिया र बरकुर्वा दुबै ठाउँमा स्वास्थय सेवा केन्द्र आफ्नो भवन नहुँदा भाड़ाको घरमा बस्दै आएको र अब आफ्नै भवन भवनमा आएसँगै कामकाज गर्न सजिलो हुने वडा नम्बर ३ का वाडा अध्यक्ष सिताराम महतोले जानकारी दिनुभयो।

कार्यक्रममा पालिका अध्यक्ष महेन्द्र महतो, वाडा नम्बर ४ का वाडा अध्यक्ष जगदिश साह, वाडा नम्बर ५ का वाडा अध्यक्ष नन्दलाल राय,  नथुनी साह, तपेश्वर महतो, मदन साह, निलाम्बर राउत, शिवचन्द्र राय, मन्सिप महतो, नागेन्द्र साह, खेमराज महतो, हरियाणा महतो, शंकर चौधरी, राजेश यादव, स्वास्थ्यकर्मीहरू, स्वयंमस्विकाहरू, स्थानिय लगायतको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.