१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
गोडेैतामा १ सय थान साइकल वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

गोडेैतामा १ सय थान साइकल वितरण

मुकेश मिश्र
सर्लाही ,भदौ १० । सर्लाहीको गोडेैता नगरपािलकाकामा दुइटा आधारभूत बिद्याल गरी १ सय छात्राहरुलाई एक÷एक थान साइकल वितरण गरिएको छ । गोडैता नगरपालिका वाडा नं. २ जयपुर स्थित जन्ता आधारभूत बिद्यालयमा ५० थान र वडा नं. ६ का राम जानकी आधारभूत बिद्यालय बगदहमा ५० थान गरि जम्म १ सय थान साईकिल वितरण गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।

साइकिल वितरणका कार्यक्रमका प्रमुख अतिथि सर्लाही निर्वाचन क्षेत्र नं.४(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाले साइकल वितरण गर्दै , शैक्षिक क्षेत्रमा छोरा र छोरी बिचको विभेद अझै हटाउनुपर्ने बताउनुभयो । छोरी शिक्षामा अगाडी आउन थालेपछि छोरा र छोरी बिचको बिभेदमा धेरै कमी आएको तर अझै विभेद भने पुर्ण रुपमा नहटेको बताउनुभयो ।

नयाँ पुस्ता शिक्षित भएमात्र विकास सम्भव रहेकोे बताउँदै उहाँले भन्नुभयो “विकासको मुख्य स्रोत नै शिक्षा हो त्यसैले शिक्षा क्षेत्रमा छोरा र छोरी लाई समान अवसर दिनुपर्छ ।“ समाजमा चेतना अवसर बढाउन तथा छात्रालाई प्रोत्साहन गर्न प्रदेश सरकारले साइकल वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री ’बेटी पढाउ बेटी बचाउ ’ अभियान अन्तर्गत सो बिद्यालयमा शैक्षिकसत्र २०७७ को वाषिक परिक्षामा सम्मिलित २ वटै विद्यालयका कक्षा ८ मा अध्य्यनरत १ सय छात्राहरु लाई एक÷एक थान साइकल प्रदान गरेको राम जानकी आधारभुत विद्यालय बगदहका प्रधानाध्यापक रमाशंकर कुशवाहाले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गोडैता नगरपालिका का नगर प्रमुख देवेन्द्र यादव उप प्रमुख अन्जना कुशवाहा शिक्षा विकाश तथा समन्वय इकाई सर्लाहीका प्रमुख राम आधार सिंह कुशवाहा शिक्षा प्रेमी सुनिल कुशवाहा लगायत विभिन्न दलका प्रतिनिधि हरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको जन्ता आधारभुत विद्यालय जयपुरका प्रधानाध्यापक गर्भु कुशवाहाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.