१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लागुऔषध कारोबारीको नयाँ बिधि : सिलिन्डरमा लागुऔषध ल्याउँदै गर्दा दुई भारतीय पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लागुऔषध कारोबारीको नयाँ बिधि : सिलिन्डरमा लागुऔषध ल्याउँदै गर्दा दुई भारतीय पक्राउ

मुकेश मिश्रा
मलंगवा,१८ भदौ । सर्लाहीको मलंगवा नगरपालिकाबाट सशस्त्र प्रहरीले सिलिन्डरमा लागुऔषध ल्याउँदै गरेको दुई भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामढी स्थित माने चौक–२ बस्ने ३२ वर्षिय नेता शर्मा र सोहि ठाउँ बस्ने ६३ वर्षिय सुरेन्द्र राउत रहेको छ ।

शुक्रवार भारतको सोनवर्सा बाट मलङ्ग्वा आउने क्रममा सिमा नाकामा उनिहरु उपर शंका लगि चेक जांच गर्दा प्रहरीले उनीहरूको साथबाट सय एमएलको ९४ बोटल लागुऔषध विनरेक्स बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम शन्कर प्रसाद सिंह राज्पुतको नेतृत्वमा गएको टोलीले ग्यास सिलिन्डरमा प्वाल पारेर लुकाइछिपाई लागुऔषध मलंगवा तर्फ ल्याउँदै गर्दा उनीहरू पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक शंकर दाहालले जानकारी दिए।

पक्राउ परेका दुवै भारतीय नागरिक र बरामद लागुऔषध थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाइएकोे सशस्त्र प्रहरी गण कविलासीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.