१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मानवसेवा आश्रमको उदाहरणीय कार्य : सडकमै जन्मिएको नवजात शिशु र आमाको उदार – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मानवसेवा आश्रमको उदाहरणीय कार्य : सडकमै जन्मिएको नवजात शिशु र आमाको उदार

प्रेमनाथ पौडेल
सर्लाही,१७ भदौ । मानवसेवा आश्रमले सर्लाहीमा उदाहरणीय कार्य गर्दै आइरहेको छ । आश्रममले बेसहाराहरुलाई सहारा दिने कार्य गरिरहेको छ । यसैक्रममा हरिवन नगरपालिकामा रहेको मानवसेवा आश्रमले बिहिवार सडकमै जन्मिएको नवजात शिशु र आमाको उदार गरेको छ ।

मानवसेवा आश्रमले सप्तरीको राजविराज बाट मनोरोगी महिला जसले आफ्नो नाम र थर बताउन नसक्ने अन्दाजी ३५ वर्षिया महिला सहित उक्त महिलाको नवजात छोरालाई उदार गरेको छ । कृष्ण जन्माष्टमीको दिन शम्भुनाथ नगरपालिका वडा न. ३ अवस्थित सम्भुनाथ मन्दिरको प्रांगणमा छोरालाई उक्त महिलाले जन्मदिएकी थिइन।

छोरा र आमालाई उद्दार गरिदिनको लागि सप्तरी जिल्लाका प्रमुख जिल्ला आधिकारी जय नारायण आचार्यले आश्रममा सम्पर्क गरेर महिलाको अवस्थाको बारेमा जानकारी गराएका थिए । मानवसेवा आश्रमले जानकारी पाएपछि बिहिवार नै महिलाई आश्रम उदार गरि ल्याएको मानवसेवा आश्रमका सर्लाही शाखा संयोजक मनिषा के.सीले जानकारी दिनुभयो ।

अहिले नवजात शिशु र आमा स्वस्थ स्वस्थ्य रहेको र आज बाट आमा र छोरा मानवसेवा आश्रमकै संरक्षणमा रहने आश्रमले जनाएको छ । भविस्यमा उक्त शिशु डाक्टर, इन्जीनियर,पाइलट आदि बन्ला नबन्ला थाहा छैन तर हाम्रो प्रयास छोरालाइ एउटा असल नागरिक बनाउने रहेको छ सर्लाही शाखा संयोजक के.सीले भन्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.