१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल उत्पिडित जातिय मुक्तिसमाजको जिल्ला भेला सम्पन्न, २५ सदस्य जिल्ला कमिटी चयन – Nigrani Today
मधेश प्रदेशसमाजस्थानीय

नेपाल उत्पिडित जातिय मुक्तिसमाजको जिल्ला भेला सम्पन्न, २५ सदस्य जिल्ला कमिटी चयन

राजिव शाह

सर्लाही,१९ भदौ। नेपाल उत्पिडित जातिय मुक्तिसमाज सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ । मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा नेपाल उत्पिडित जातिय मुक्तिसमाज सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ ।

मुक्तिसमाज केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज रामनरेस मण्डलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य सह-ईन्चार्ज तथा पूर्व मन्त्री बद्री नयोपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलामा बिशिषठ अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह, केन्द्रीय सदस्य हरि परसाद उपरेती,नेपाल उत्पिडित जातिय मुक्तिसमाज को केन्द्रीय सदस्य तथा प्रदेश नं २ को अध्यक्ष गोविन्द पासवानको, अतिथिहरु मुक्तिसमाजको केन्द्रीय सदस्य तथा प्रदेश नं २ को उपाध्यक्ष पार्वती विश्वकर्मा,केन्द्रीय सदस्य तथा सर्लाही सह-ईन्चार्ज चित्र बहादुर विश्वकर्मा,केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्मा,रामचन्द्र राम रहनुभएको थियो।

नेकपा एमाले सर्लाही का नेता जयप्रकाश यादव , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO)सर्लाही को अध्यक्ष (दलित अभियन्ता) राजेश पासवान र प्रदेश नं २ कमिटी को कतिपय सदस्य कमरेडहरू को उपस्थिती रहेको थियो । भेलाबाट बिलटु पासवानको अध्यक्षता मा २५ सदस्य जिल्ला कमिटी चयन गरिएको छ । कार्यक्रमको संचालन चित्र बहादुर विश्वकर्माले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.