१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मेची माहाकाली बुहारी संयुक्त आवाजले सर्लाही सहित ४७ जिल्लामा आफनो वार्षिक उत्सव मनायो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मेची माहाकाली बुहारी संयुक्त आवाजले सर्लाही सहित ४७ जिल्लामा आफनो वार्षिक उत्सव मनायो

प्रेमनाथ पौडेल
लालबन्दी,१९ भदौ । सर्लाहीको लालबन्दी नगरपालिकामा मेची माहाकाली बुहारी संयुक्त आवाजले आफनो पहिलो वर्षको समिक्षा गर्दै ४७ जिल्लामा दोश्रो केन्द्रिय वार्षिक उत्सव मनाएको छ ।मेची माहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाको आयोजना तथा मेची माहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखा संयोजक रमा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला हिंसा तथा अन्यायमा परेका महिला तथा पुरुषको बारेमा चर्चा समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुंगेलीका अनुसार मेची माहाकाली बुहारी संयुक्त आवाजले उदाहरणीय कार्य गरिरहेको छ ।मेची माहाकाली बुहारी संयुक्त आवाजले आवाज बिहिनो आवाज बनेको छ। पिडितको लागि अगाडी उभिएको छ उनिहरुको आबाज बुंलद गरेको छ जो उदाहरणीय तथा सराहनीय कार्य रहेको बताइन । मेची माहाकाली बुहारी संयुक्त आवाज जहिले पनि आवाज बिहिनको आवाज बनोस भन्ने प्रदेश सभा सदस्य लुंगेलीले शुभकामना समेत दिएकी थिइन ।

यसैगरी मेची माहाकाली बुहारी संयुक्त आवाजले गरेको कार्यहरुको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कार्यक्रममा खुलेर नै प्रशंसा गरेका थिए । प्रमुख जिल्ला अधिकारी महतोका अनुसार कतिपय यस्ता घटनाहरू छ जसमा पिडितले न्याय पाउदैनन् तर समुहगत कार्यले धेरै समस्या समाधान पनि भएको बताए ।पिडितले न्याय पाएन भने त्यस्ता घटनाहरुमा आवाज उठाउनुपर्छ ।तर घटना घटदैमा ढुंगामुढा,झडपमा उत्रिनु गलत हो ।हामी सबै समन्वय गरेर हिडयौ भने पिडित नागरिकले पक्कै न्याय पाउने लगायतको मन्तव्य प्रमुख जिल्ला अधिकारी महतोले दिनुभएको थियो ।

मेची माहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखा संयोजक रमा काफ्लेले आफुहरु रहरले सडक जाम गरेको होइन । नेपालको कानुन, संविधान बलियो छ तर कार्यनव्यन फितलो छ । सम्बन्धित निकायमा घटना बारेमा जानकारी गराउँदा पनि पिडितले न्याय पाउन ढिला वा घटना दवाउन प्रयास भएपछि मात्र आफुहरु बाध्यताले सडक जाम गर्ने गरेको संयोजक काफ्लेले बताइन । नेपालमा जुनसुकै कार्यमा चक्का जाम, सडक जाम गर्ने गरेको पाइन्छ । यो एउटा परिपाटी नै बनि सकेको छ । तर हामी पनि यै बाटोमा जाने रहर नभएर बाध्यता भएको संयोजक काफलेले मन्तव्य दिदैँ कार्यक्रमम समापन गरेकी थिइन । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई समान समेत गरिएको थियो ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खडका, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष सिंह राठौर, उधोग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोसी, वडा नं. ७ लालबन्दीका वडा अध्यक्ष सुरेन्द्र न्यौपाने,ईलाका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक निर्मल थापा लगायत मेची माहाकाली बुहारी संयुक्त आवाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.