१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उधम विकास सहजकर्ता संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा चैनकिसोर राउत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

उधम विकास सहजकर्ता संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा चैनकिसोर राउत

सर्लाही,१९ भदौ ।सर्लाहीमा उधम विकास सहजकर्ता संघ सर्लाहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । उधम विकास सहजकर्ता संघ सर्लाहीको आयोजना तथा श्याम विश्वकर्माकाे अध्यक्षतामा जिल्ला स्तरिय उधम बिकास सहजकर्ताहरुको भेलाले बागमती नगरपालिका स्थित सिता प्यालेसमा अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट अध्यक्ष पदमा चैनकिसोर राउत,उपाअध्यक्षमा रितेश यादव, कोषाअध्यक्षमा अनिता चौधरी, सचिवमा राजेश राय र सदस्यहरुमा इन्द्रिजत यादव, सरोज कुमार सिंह, श्यामसुन्दर महतो, दिनेश साह,अर्पना कुमारी बिश्वकर्मा सहित नौ सदस्य निर्वाचित भएको अधिवेशनमा सहभागी बिकाउ पासवानले जानकारी दिए ।

अधिवेशन कार्यक्रममा जिल्ला स्तरिय उधम बिकास सहजकर्ताहरुको भेला रहेकाे थियाे । अधिवेशन कार्यक्रममा प्रमुख अतिथि लघु उद्यम विकास विशेषज्ञ  राजेश  वर्मा , विशिष्ठ अतिथि राष्ट्रिय उधम बिकास सहजकर्ता महासंघ नेपालका केन्द्रिय सदस्य  मनोज कुमार साह, सर्लाहीका २० वटै स्थानिय तहमा कार्यरत उधम बिकास सहजकर्ताहरुको उपस्थिति रहेकाे  कार्यक्रमका अर्का सहभागी रितेश यादवले निगरानी टुडेलाइ बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.