३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पहिलो पटक गाउँमै महिलाहरुले होलिडे रिसोटमा मनाए तिज विशेष कार्यक्रम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पहिलो पटक गाउँमै महिलाहरुले होलिडे रिसोटमा मनाए तिज विशेष कार्यक्रम

प्रेमनाथ पाैडेल

सर्लाही,२१ भदौ । सर्लाहीको लालबन्दी नगरपालिकामा महिलाहरुले पहिलो पटक गाउँमै तिज विशेष कार्यक्रम मनाएका छन ।

लालबन्दी नगरपालिका वडा नं. १३ पत्थरकोट स्थित  होलिडे रिसोटमा सोही ठाउँको महिलाहरु विशेष कार्यक्रम गरी तिज विशेष दर खाने कार्यक्रम मनाएको वडा नं. १३ का वडा सदस्य मोहन राउतले जानकारी दिए ।

यो वर्ष लालबन्दी नगरपालिकाको १७ वटा वडाहरु मध्ये वडा नंं.१३ मै पहिलो पटक तिज विशेष दर खाने कार्यक्रम मनाएपछि वडा नं. १३ का महिलाहरु उत्साहित बनेका वडा नम्बर १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्यले बताए ।

प्राय जसो सहरहरुमा कार्यक्रमको आयोजना गरेर तिज विशेष कार्यक्रम मनाउने चलन रहेको थियो , हामीले सहर केन्द्रित परम्परालाई चिर्दै गाउँमै तिज विशेष कार्यक्रम गरेपछि वडा नं. १३ का हरेक गाउँ तथा घरका महिलाहरु तिज विशेष कार्यक्रम सहभागी भएको वडा अध्यक्ष वैद्यले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी पुर्वराज्य मन्त्ती शम्भुलाल श्रेष्ठले विगतका दिनमा पनि यस्ता खालका कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने र सांस्कृतिक सम्पदा तथा परम्परागत रितीरिवाज तथा संस्कृतिको संरक्षमा सबैको ध्यान जानु आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा नं. १३ का निर्वाचीत जनप्रतिनिधिहरु,समाजसेवी, वडाका युवाहरुको लगायत सयौंको संख्यामा महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.