१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

मलंगवा,२१ भदौ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष राजनरायण साहको अध्यक्षता तथा पूर्व उपप्रधान परराष्ट्र एवं यातायात मन्त्री रघुबिर माहासेठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यकर्ता भेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बर्तमान अवस्था र पार्टी के कसरी बलियो बनाउने बारेमा छलफल भएको थियो ।

मलंगवा नगरपालिका वडा नं. ८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा केन्द्रीय स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल ,पुर्वमन्त्री बद्री न्यौपाने , संविधान सभा सदस्य हरि उप्रेती , रंजना सरकार ,केन्द्रीय सदस्य सुमन प्याकुरेल , पुर्व जिल्ला अध्यक्ष रेवती पन्त ,इश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा ,हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं लगायत सर्लाही जिल्लाभरीका करिब हजारौ जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.