९ चैत्र २०७९, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवा एफ.एम. आठौँ वर्ष पार गर्दै नवौं वर्षमा प्रवेश – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

बरहथवा एफ.एम. आठौँ वर्ष पार गर्दै नवौं वर्षमा प्रवेश

सर्लाही,१ असोज । सर्लाहीको बरहथवा नगरपालिकामा रहेको बरहथवा एफ.एम. आठौँ वर्ष पार गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । २०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण सुरु गरेको बरहथवा एफ.एम.१०१.१ मेगाहर्जले आफनो वार्षिक उत्सव मनाएको छ ।

एफ.एमले प्रशारण आरम्भ गरेको आठ वर्ष पूरा भई नवौं वर्षमा प्रवेश गरेको अवसरमा सुक्रवार बिहान धुमधामसँग विश्वकर्मा पूजा गरी वार्षिक उत्सव मनाएको एफ.एमका संचालक घनश्याम सिंहले निगरानी टुडेलाई बताए ।

बरहथवा एफ.एम.१०१.१ मेगाहर्जमा खास गरी मैथली,भोजपुरी, नेपाली, हिन्दी लगायत अन्य विभिन्न भाषामा जनचेतना मुलक तथा मनोरञ्जनात्मक कार्यक्रम तथा समाचार उत्पादन गरी श्रोता माझ पस्किने गरेको बरहथवा एफ.एम.का संचालक सिंहले निगरानी टुडेलाई जानकारी दिए ।

बरहथवा एफ.एम.स्थानिय भाषाको बढि प्रयोग कुशल कार्यक्रम प्रस्तोता र सरल तथा सबैले बुझने भाषामा कार्यक्रम प्रसारण गरेको हुदाँ पनि लोकप्रिय बनेको बरहथवा एफ.एम.का नियमित श्रोता श्याम बाबु साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.