१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ग्रामीण भेगमै कम्प्युटर इन्स्टीच्युट भएपछि विद्यार्थीहरु खुसी – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

ग्रामीण भेगमै कम्प्युटर इन्स्टीच्युट भएपछि विद्यार्थीहरु खुसी

मुकेश झा
सर्लाही,१ असोज ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा कम्प्युटर इन्स्टीच्युट स्थापित भएपछि विद्यार्थीहरु खुसी भएका छन । हरिपुर्वा नगरपालिकामा कम्प्युटर इन्स्टीच्युट नभएपछि नगर भित्रका छात्र तथा छात्राहरुलाई नगर बाहिर लालबन्दी, मलंगवा, जनकपुर लगायत अन्य विभिन्न ठाउँमा कम्प्यूटर सम्बन्धि दक्षता प्राप्त गर्न बाहिरिनुपर्ने बाध्यता थियो । जसले गर्दा आधारभुत तहको सिप प्राप्त गर्न नि धेरै पैसा खर्चिनु परेको हरिपुर्वाका स्थानियहरुले जानकारी दिए ।

नगरपालिकामा कम्प्युटर इन्स्टिच्युट भएपछी बिभिन्न बैंक,वित्तिय संस्था तथा अर्धसरकारीहरुको स्थाप्ना भएपछि आइ.टी को आबश्यक्ता रहेपनि यस नगरपालिका भित्र दक्ष जनशक्ति नभएको कारण बिभिन्न संघ सस्ंथाहरुमा कर्मचारी अभाव रहेको बेला हरिपुर्वा नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर वृजेश ठाकुर तथा आइटी अफिसर हरिओम साहको बिशेष सहयोगमा अधारभुत तह कोर्ष, एडभाशं कोर्ष, लोकसेवाको त्यारी कक्षा सहित कम्प्युटर इन्स्टीच्युट संचालनमा ल्याइएको चन्द्रभुषण प्रसाद यादबले जानकारी दिए ।

कम्प्युटर इन्स्टिच्युटमा असोज ३ गते देखि कक्षा संचालनमा हुने भएको संचालकले बताए । कार्यक्रममा नगर प्रमुख सियाराम राय, वडा नं.६ को वडा अध्यक्ष दिनेश यादव,समाजसेवी दुःखा राय, राजानरायण राय,सहित विभिन्न क्षेत्रमा कार्यरत पदाधिकारी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.