१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
समाजिक कार्य गर्दै लालबन्दी जेसीजले वर्ष २०२१ को जेसीज सप्ताह शुभारम्भ ग¥यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

समाजिक कार्य गर्दै लालबन्दी जेसीजले वर्ष २०२१ को जेसीज सप्ताह शुभारम्भ ग¥यो

लालबन्दी,१३ असोज । लालबन्दी जेसीजले आजबाट वर्ष २०२१ को सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताहको शुभारम्भ गरेको छ । जेसीज सप्ताह शुभारम्भ संगै लालबन्दी जेसीजले पहिलो दिन बुधवार विभिन्न समाजिक कार्य गरेको छ । लालबन्दी जेसीजले एकै दिन ३ वटा समाजिक कार्यहरु गरेको छ ।

सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत लालबन्दी जेसीजले विहान ०९ः०० बजे कार्यक्रमको शुभारम्भ तथा श्री जनज्योति आधारभूत विद्यालय, लालबन्दी न.पा. १६ परवानिपुरमा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थिहरुलाई १ सय थान स्कूल व्याग सहित विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ ।

“मानवताको सेवानै जिवनको सर्वोत्तम कार्य हो।” भन्ने विशिष्ट उद्देश्यका साथ स्थापना भएको लालबन्दी जेसीजले विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको विद्यालयमा भौतिक उपस्थितीको बढोत्तरी होस भन्ने उदेश्यले स्वर्णीका स्मृति प्रतिष्ठान, लालबन्दीसँगको सहकार्यमा १ सय थान स्कूल व्याग सहितको अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष जेसी श्याम कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष गणेश बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । जेसी राज कुमार सिंहले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर श्रेष्ठ, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, वडा नं. १६ का वडा सदस्यहरु, स्वास्थ्य चौकी परवानिपुरका प्रमुख, विद्यालयका शिक्षकहरुका साथै लालबन्दी जेसीजका अन्य पदाधिकारीहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको शुभारम्भ तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक कोमलहरी गौतमले जानकारी दिनु भयो ।

त्यस्तै सप्ताहको दोश्रो कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिकाको पूर्व पश्चिम लोकमार्गमा पर्ने फुलजोर र लखन्देही नदी सिमानामा लालबन्दी नगरको पहिचानको रुपमा रहेको गोलभेडाको आकृति सहितको स्वागत बोर्ड राखीएको उक्त कार्यक्रमका संयोजक जेसी मदन कुमार पौडेलले जानकारी दिनु भयो । सप्ताहको तेश्रो कार्यक्रम अन्तर्गत मानव सेवा आश्रम, हरिवनमा जेसी गणेश कार्कीको संयोजकत्वमा खाद्यान्ह वितरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

जेसीज चाडका रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै लालबन्दी जेसीजले जेसीज सप्ताह मनाउँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो कार्यक्रम स्वरुप असोज १६ गते मैत्रिपुर्ण फुटबल प्रतियोगिता र सोही दिन फेलोसिप तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने मुल कार्यक्रम संयोजक जेसी सन्तोष पौडेलले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.