१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उपभोक्ताको स्वास्थ्यमा कसैले खेलवाड गर्न मिल्दैन ,नगर प्रमुख प्रसाईं – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाज

उपभोक्ताको स्वास्थ्यमा कसैले खेलवाड गर्न मिल्दैन ,नगर प्रमुख प्रसाईं

प्रेमनाथ पौडेल
हरिवन,१४ असोज । उपभोक्ताको स्वास्थ्यप्रती कोहि कसैले खेलवाड गर्न नहुने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंले बताएका छन। उपभोक्ताको स्वास्थ्यप्रती खेलवाड गर्छ भने त्यस्ता ब्यक्ती संघसंस्था लाई जुनसुकै समय पनि हरिवन नगरपालिकाले कार्बाही गरिने नगर प्रमुख प्रसाईले बताए ।

हरिवन नगरपालिकामा स्थानिय सरकार सवलिकरण तथा अष्ट्रेलियन एड र एसिया फाउन्डेसनको सहयोग उपभोक्ता हित संरक्षण मच नेपालको प्राबिधिक सहयोग तथा हरिवन नगरपालिकाको आयोजनामा भएको उपभोक्ता सचेतना कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख प्रसाईंले आफु उपभोक्ताको स्वास्थ्यप्रती गम्भिर भएको बताए ।
हाट बजार पसलमा कुनै पनि व्यापारीले विभिन्न बाहनामा कालाबजारी र कृतिम अभावको सृजना गर्छ भने उ जुनसुकै समय पनि कार्बाहीको दायरामा पर्न सक्ने हुदा मंचले पनि सचेतना कार्यक्रम संचालन गरि सचेत गराउन जरुरी रहेको नगर प्रमुख प्रसाईले आफनो धरणा राखेका थिए ।

त्यस्तै कुनै पनि काममा सफलता हासिल गर्न एक्लो प्रयास बाट मात्रै सम्भव नभएको हुदा उपभोक्ताको स्वास्थ्य प्रतीको गम्भीर बिषय लाई ठगिन ,कृतिम अभाव र कालाबजारी हुन नदिन सबै तह तप्का संघ संस्था सरोकार निकायले संगठित अनुशाशित हुन पनि जरुरी रहेको बताउनु हुँदै समाज लाई सहि दिशामा अघिबढाउन सके सबैको मान मर्यदा रहने हरिवन नगर प्रमुख प्रसाईले मनत्वय राखेका थिए । एकनिश्चित नितिनियम बनाई सचेतनाको कार्यक्रम चलाउन आबश्यक रहेको र त्यसको लागि नगरपालिकाको साथ र सहयोग सधै रहने बिश्वास नगर प्रमुख प्रसाईले दिलाएका थिए ।

त्यस्तै कार्यक्रममा बक्ता हरुले व्यापारी मा सहि ज्ञान जानकारी नहुनु र उपभोक्तामा पनि चेतनाको बिकाश नहुनुले उपभोक्ता ठगी र कालाबजारी जस्ताको मारमा परि रहेको हुँदा उपभोक्ता आफै सचेत र चनाखो हुन जरुरी रहेको बताएका थिए । राज्यले कृतिम अभाव र काला बजारी गर्ने जस्ता लाई दन्ड जरिवाना र सजायको ब्यबस्था गरे पनि सरोकार निकायको फितलो अनुगमन र बास्तबिक ठगी कालाबजारी गर्ने कृतिम अभाव गर्ने लाई कार्बाही गर्न नसकेकै कारण उपभोक्ता मार र ठगीमा परि रहेको सहभागीहरुले धारणा राखेका थिए ।मन्चका प्रदेश दुईका अध्यक्ष केसि लामिछानेले उपभोक्ता हकहित संरक्षण मंचको काम कर्तब्य अधिकार र उपभोक्ताको हित बिपरित कृयाकलाप गर्ने व्यापार ब्यबसायी लाई राज्यले निर्धारण गरेको नीति नियम र कानुनको बारेमा साथै सचेतना कार्यक्रम संचालन गर्नको लागि अष्ट्रेलियन एड र एसिया फाउन्डेशनले पुर्याईरहेको सहयोगको बारेमा जानकारी गराएको मंच की नगर निरीक्षक दिपा खरेलले बताए ।

ंयस्तै कार्यक्रममा उधोग बाणिज्य संघका राजन केसि ,इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरि लगायतले आ आफ्नो धारणा राख्नु भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत खरुदेब चुडाल, प्रसासकिय अधिकृत गोपाल नाथ श्रेष्ठ, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य , उपभोक्ता हकहित संरक्षण मंच की प्रदेश दुई सदस्य निशा बानिया ,हरिवन नगर उपभोक्ता हकहित संरक्षण मंचका पधाधिकारी शिक्षक विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता उपभोक्ता हकहित संरक्षण मंच हरिवनका अध्यक्ष दिल बहादुर दाहल को अध्यक्षता मा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.