१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न पूर्वमन्त्री प्रभु साहको माग – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न पूर्वमन्त्री प्रभु साहको माग

काठमाडौं ।नेकपा पुर्नगठनको आन्तरिक गृहकार्यमा जुटेका पूर्वमन्त्री प्रभु साहले रिक्त रहेका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेका छन् ।

संविधान अनुसार सांसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अपवित्र गठबन्धनको सरकार’ को संज्ञा दिदै उनले सरकार र निर्वाचन आयोगले उपनिर्वाचन नगरी संवैधानिक हक हनन गरेको आरोप लगाएका छन् ।

‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउदै मेरो निर्वाचन क्षेत्र लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग र अहिलेको यो अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा÷ठाडो बरखिलाफ एवं उपहास पनि हो’ साहले भने ।

यसैबीच साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘अबैध एवं अनैतिक’ नेता भएको टिप्पणी गरेका छन् ।

उपनिर्वाचनमा माओवादी केन्द्र जान नचाहेको संकेत गर्दै उनले लोकतन्त्रमा जनताको अदालतबाट तर्सिने अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको अबैध र अनैतिक नेता भएको जनाएका छन् ।

‘आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्ने र उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने नेकपा (माओवादी केन्द्र) का अबैध एवं अनैतिक नेता पुष्पकमल दाहालले पनि यसको जवाब दिनुपर्छ’ साहले प्रश्न गरेका छन् ।

जनतालाई यत्रो लामोसमयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र सरकारको अक्षम्य अपराध रहेको उनले आरोप लगाएका छन् ।

‘यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग गर्दछु’ साहले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.