३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बुद्धिजीवी परिषदमा बलराम पोखरेल – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बुद्धिजीवी परिषदमा बलराम पोखरेल

लालबन्दी,१४ फागुन । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद सर्लाहीको तेस्रो जिल्ला अधिवेशनवाट बलराम पोखरेलको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

शनिवार लालबन्दी नगरपालिका स्थित जनज्योति माध्यमिक विद्यालयको सभाहलमा गरिएको नेपाल बुद्धिजीवी परिषदको भेलाले अध्यक्ष पदमा पोखरेल सहित १५ सदस्य निर्वाचित भएको नेपाल बुद्धिजीवी परिषद सर्लाहीले जनाएको छ । भेलाले राजन प्रसाद तिमल्सिनाको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

नेकपा एमालेकी नेत्री कमला महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बद्रि न्यौपाने, नेपाल बुद्धिजीवी परिषदका महासचिव गजेन्द्र थपलिया, नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डा. अर्जुृन सिंह, नेकपा एमाले सर्लाही जिल्ला कमिटि उपाध्यक्ष विदुर प्याकुरेल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.