१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
नन्देश्वर महिला बचत तथा ऋृण सहकारी सस्थाको १९औ बार्षिक साधरण सभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नन्देश्वर महिला बचत तथा ऋृण सहकारी सस्थाको १९औ बार्षिक साधरण सभा सम्पन्न

प्रेमनाथ पौडेल
नवलपुर,१२ कार्तिक । सर्लाहीको नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ऋृण सहकारी सस्थाको १९औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सभाले ओम कुमारी गौतमको अध्यक्षतामा ११ सदस्य नया नेतृत्व चयन गरेको छ ।संस्थाकी अध्यक्ष ओम कुमारी गौतम्को अध्यक्षता तथा लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खडकाको प्रमुख आतिथ्यतामा भएको उद्दघाटन सत्रमा सस्थाले संस्थाका ४ जना जेष्ठ सदस्य, दुई जना असल ऋृणी ,दुई जना उत्कृष्ट बचतकर्ता लाई दोसल्ला तथा र अबिरको टीका लगाई सम्मान गर्नुका साथै संस्थाका शेयर सदस्यका सन्तती मध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई जनहि नगद एक एक हजार नगदबाट पुरस्कृत गरेको हो ।

बि स २०५९ सालमा २७ जना शेयर सदस्यको २७ सय रुपैया बाट कारोबार संचालन गरेको सस्थाले १९बर्ष पार गर्दा सेयर सद्स्यमा उल्लेख्यरुपमा बृद्दी गर्दै हाल २ हजार ८९जना पुर्याउदै १करोड ३ लाख ७५हजार शेयर रकम पुर्याएको सस्थाकी कोषाध्यक्ष बिना कुमारी थिङ्गले जानकारी दिनु भयो ।

यसै बिच सस्थाले आर्थिक बर्ष ०७७÷७८ मा १०करोड ९४लाख ७ हजार १सय ८७ रुपैयाको कारोबार गरी १८ लाख ६३ हजार ५सय ५१ रुपैया खुद्द मुनाफा गरेको सस्थाकी ब्यबस्थापक कबिता कार्कीले निगरानी टुडेलाई जानकारी दिइन ।

यसै बिच संस्थाको बन्द सत्रले आगामी ४ बर्षको लागि पुनःओम कुमारी गौतमकै अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । सदस्य समितिको उपाध्यक्ष तारा देबि थपलिया, सचिब सुनिता कुमारी बुढाथोकी, कोषाध्यक्ष बिना कुमारी, सदस्यहरुमा रामरती पासवान ,हिरा कुमारी महतो ,कुमारी बिमला शर्मा ,कौसल्या बम्जन ,मिना चौधरी र निर्मला यादब सर्बसम्मत चयन भएको सस्थाकी सचिब सुनिता कुमारी बुढाथोकीले जानकारी दिनु भयो ।

त्य्स्तै संस्थाको लेखा समिति संयोजकमा प्रमिला सिंह रहेको तिन सदस्य र मन्जु बुढाथोकी संयोजक रहेको तिन सदस्य ऋृण समिति पनि सर्ब सम्मतरुपमा चयन गरेको बताईएको छ ।यसै गरि सस्थाकी पुर्ब अध्यक्ष गंगा माया खडका संयोजक रहेको तिन सदस्य सल्लाहकार समिति समेत सभाले चयन गरेको छ ।

कार्यक्रममा बक्ताहरुले संस्थाको शेयर रकम र बचत रकम बृद्दी गर्दै लैजान पर्ने,जिल्लाकै महिला सहकारी संस्था मध्ये जेठो उत्कृष्ट र अगुवा संस्था भएको हुदाँ महिला सहकारी संस्था हरुबिच एकीकरण गर्दै बृहत् सहकारी निर्माण गर्ने कार्यमा जोड दिनु पर्ने बताएका थिए।

सस्थाकी उपाध्यक्ष तारा थपलियाको स्वागत रहेको साधरण सभामा जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे लालबन्दी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष पंचलाल स्याङ्बो ,वडा सदस्य तथा संस्थाका पुर्ब अध्यक्ष गंगामाया खडका ,नेत्रगन्ज महिला बचत तथा ऋृण सहकारीकी अध्यक्ष मन्दिरा चालिसे ,नन्देश्वर सामुदायिक वनका अध्यक्ष उदय बहादुर कार्की ,सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्द्ब पौडेल ,पुर्ब वडा सचिब गोपाल थापा लगायतले सहकारी को मुल्य मान्यताको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.