१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा प्रदेश स्तरिय दोस्रो खुल्ला भलिबल प्रतियोगित सुरु – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा प्रदेश स्तरिय दोस्रो खुल्ला भलिबल प्रतियोगित सुरु

ईश्वरपुर,१२ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिकामा २ नं. प्रदेश स्तरिय दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नं. ९ रामनगरमा कार्तिक १० गते देखि प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगित सुरु भएको छ । श्री आर्द युवा क्लब रामनगरको आयोजना तथा क्लबका अध्यक्ष गौरी नारायण चौधरीको अध्यक्षतामा उदघाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा समजसेवी मनोज आचर्यले उदघाटन गरेका थिए ।

२ नं. प्रदेश स्तरिय दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ८१ हजार नगद शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई ५१ हजार, शिल्ड, मेडल प्रमाण पत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

१२ टिम सहभागी प्रतियोगितामा बेस्ट क्विकर, बेस्ट लिस्टर, बेस्ट डिफेण्डर, बेस्ट सट्टर, बेस्ट कोचलाई शिल्ड प्रदान गरिने छ भने प्रत्येक दिन ६ टिम खेल खेल्ने छ, जसमध्ये ३ टिमलाई प्रत्येक दिन बिजेता घोषित गरिने समाजसेवी नाथुराम चौधरीले जानकारी दिए ।
प्रदेश नं. २ स्तरिय भलिबल प्रतियोगिता भएपनि प्रदेश नं. १ बाट झापा जिल्ला,प्रदेश नं. २ बाट बारा, सर्लाही, महोत्तरी, सुनसरी, धनुषा,बागमती प्रदेश बाट हेटौडा जिल्ला लगायतको क्लबहरुले प्रतियोगितामा सहभागि रहेको समाजसेवी चौधरीले निगरानी टुडेलाई बताए ।

यसैगरी शुक्रवार भएको खेलमा झापा, सुनसरी र धनुषा बिजय भएको छ । शनिवार पनि सेमिफाइनल खेलमा तिन टिम भिडने छ भने आईतवार फाइनल खेल हुने आयोजक क्लबले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.