१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा शिक्षाको गुणस्तर बढाउन हर सम्भव प्रयास गरिने छ : राज्यमन्त्री यादव – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिविज्ञान प्रविधिशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा शिक्षाको गुणस्तर बढाउन हर सम्भव प्रयास गरिने छ : राज्यमन्त्री यादव

सर्लाही,१३ कार्तिक । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले शिक्षा विकास तथा समन्वय इकाई सर्लाही मलङ्गवा अवलोकन गर्नु भएको छ ।

सर्लाहीको शिक्षाको गुणस्तर बर्तमान अवस्थामा निकै नै दयनिय रहेकोले सर्लाहीको शिक्षालाई गुणस्तरीय बनाउनका लागि आफु सदैव तेैयार रहेको र हर सम्भव प्रयास गरिने राज्य मन्त्री यादवले बताइन ।

सर्लाहीको शिक्षा क्षेत्र विकासको लागि आवशयक कदम चाल्न समन्वय गरेर अगाडी बढन समेत सर्लाहीवासीलाई उहाले आग्रह गरेकी छिन ।

सर्लाहीको शिक्षा गुणस्तर हिन हुनुको मुख्य कारण दरबन्दी अनुसारको शिक्षक संख्यामा भारी अन्तरले कमि हो ।हाल सर्लाहीमा शिक्षक दरबन्दी अनुसार २९ सय ३९ जना शिक्षकको सिट खालि रहेकाले शैक्षीक अवस्था सुधार गर्नमा कठीनाई भएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाही मलङ्गवाका प्रमुख राम आधार कुशवाहाले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री यादवलाई जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.