१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
जसपा अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकता गर्न प्रचण्डको आग्रह – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

जसपा अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकता गर्न प्रचण्डको आग्रह

सर्लाही, १३ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसपा अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकताको लागि आग्रह गर्नुभएको छ । प्रचण्डले जसपा अध्यक्ष यादव र अर्का नेता महेन्द्र राय यादवलाई ढिलो नगरी चाँडो पार्टी एकता गर्न प्रस्ताव गर्नुभएको छ ।
सर्लाही सदरमुकाम मलंगवा शनिबार माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा सभालााई सम्वोधन गर्दै प्रचण्ड क्षेत्रिय पार्टीबाट मधेशको माँग सम्बोधन नहुने भन्दै छिटो निर्णय गरेर जसपालाई पार्टी एकता गर्न आग्रह गर्नुभएको हो ।

‘पार्टी एकता गरेर छिटो जनकपुरमा घोषणा आग्रह गरौ ।’ प्रचण्डले भन्नुभयो ‘एक्लै हिड्न खोज्नुहुन्छ भने भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ तर काँध थापिन सकिदैन ।’

पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले साना क्षेत्रीय दल भएर छुट्टाछुट्टै हिड्नु भन्दा देशकै ठुलो राष्ट्रिय दल नेकपा माओवादी केन्द्रमा समाहित भएर अघि बढ्न मधेस केन्द्रित दलहरुलाई सुझाव दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो अब एउटै शक्तिशाली पार्टी भएर अघि बढ्न म मधेस केन्द्रित पार्टीका नेतालाई आग्रह गर्छु, बुकुरे पार्टी बनेर तपाईहरु नबस्नुस्, बिचार सिधान्त फरक होलान् ,तर सबै गन्तव्य विकास मधेसको उन्नति प्रगति हो ।

अब मधेस माओवादीमय हुन्छु, मधेसमा माओवादी नहुदा मधेसी जनताले वास्तविक अधिकार प्राप्त गर्न सकेनन् , आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा हाम फालेका छन्, उनीहरूबाट मधेसी जनताले अधिकार प्राप्त गर्न सक्दैन , मधेसी चाहाना र भावमा माओवादी केन्द्रले मात्र बुझ्छ ।

प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जिस्काउँदा बालुवाटारबाट बालकोट पु¥याएको बताउनुभयो । माओवादी आगो हो, आगोसँग नखेल भनेर ओली प्रधानमन्त्री हुँदा नै भनेको थियौ, तर उनले मानेनन्, जकारण उनलाइृ बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो ।

लोकतान्त्रिक शिक्षक फेडेरेसनका राष्ट्रिय अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, प्रदेश सह–इन्चार्ज विश्वनाथ साह र महेन्द्र पासवान , माओवादी केन्द्रका जिल्ला सचिव कमल बुढाथोकी लगायतले बोल्नु भएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.