१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ब्यबस्थापन समिति बिहिन रहेको नवजिवनले पुर्णता पायो,अध्यक्षमा लालबन्दी नगरप्रमुख खडका – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

ब्यबस्थापन समिति बिहिन रहेको नवजिवनले पुर्णता पायो,अध्यक्षमा लालबन्दी नगरप्रमुख खडका

प्रेमनाथ पौडेल
सर्लाही,१३ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.२ जुटपानीमा रहेको नवजिवन बिद्याश्रम माध्यमिक विद्यालयको बिधालय ब्यबस्थापन समितीले पुर्णता पाएको छ ।झन्डै एकबर्ष अघि बाट रिक्त रहेको बिधालय ब्यबस्थापन समितिको शनिवार अभिभावक भेला बाट समितीले पुर्णता पाएको हो ।

२०३६ सालमा तत्कालिन नेत्रगन्जका प्रधानपंच प्रेमदयाल प्रधानले संचालन गरेका जिल्लाको उत्तरीक्षेत्रमा सबै भन्दा जेठो निजि क्षेत्रबाट संचालित नवजिवन बिधाश्रम मा.वि. जुटपानी हाल सम्म पनि निजि क्षेत्र मार्फत हुँदै हाल बुढानिलकण्ठ बिद्यालय काठमान्डौको सहकार्यमा २०६८ साल देखि संचालन हुँदै आएको छ ।

तत्कालिन समयमा सस्थापक स्वर्गीय प्रेमदयाल प्रधाननै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भएर सम्पुर्ण बिधालयको रेखदेख र संचालन गर्दै आए पनि उनको निधन पछि कहिले प्रमुख जिल्ला अधिकारी त कहिले जिल्ला शिक्षा अधिकारी ब्यबस्थापन समितिका अध्यक्ष हुँदै बिधालय संचालन हुँदै आए पनि देश संघियतामा गए संगै हाल केही महिना अघि बाट स्थानिय सरकारको मातहतमा रहेर बिधालय संचालन हुने नगरपालिकाको बिनियम बने संगै नगरप्रमुख ब्यबस्थापन समितीको अध्यक्ष हुने ब्यबस्था गरिएको हो ।

यसै अनुरुप गत भाद्र ९गते नगर शिक्षा समितीले नगर शिक्षा बिनियम तयार गरे अनुरुप नगरप्रमुख अध्यक्ष नगर शिक्षा अधिकृत सदस्य बिद्यालयका प्रधानाध्यापक सदस्य सचिब ,बिद्यालयका संस्थापक सदस्य र दुई जना एक महिला सहित अभिभावक बाट सदस्य रहने प्राबधान अनुरुप शनिवार अभिभावक भेला गरि समितिलाई पुर्णता दिएको बिधालयका प्रधानाध्यापक भोला अधिकारीले बताउनु भयो ।
शनिवारको अभिभावक भेला संगै अब बिधालय ब्यबस्थापन समितीको अध्यक्षमा लालबन्दी नगरप्रमुख मानबहादुर खडका ,सदस्यमा नगर शिक्षा अधिकृत लक्ष्मी शिवाकोटी, सदस्य सचिबमा प्रधानाध्यापक भोला अधिकारी, संस्थापकबाट लक्ष्मी प्रधान र अभिबावक बाट कुमारी बिनिता खडका ,र लालशास्त्री पासवान रहेका छन ।

कुल ९सदस्य ब्यबस्थापन समिती रहने भए पनि अब दुई सदस्य भने ब्यबस्थापन समितिको बैठक बाट बुद्दिजिबी र शिक्षा प्रेमी बाट मनोनित गर्ने ब्यबस्था गरे अनुरुप अब छिटै समितीले सदस्य मनोनित गर्ने बताईएको छ।२०३६सालमा स्थापना भएको बिद्यालयले शुरु अबस्था देखिनै गुणस्तरिय शिक्षा प्रदान गर्दै जिल्ला र प्रदेश बाट समेत उत्कृष्ट बिधालय घोषणा भएर सम्मान र पुरस्कार समेत प्राप्त गरेको छ ।

बिधालयले २०६५ देखि दस जोड दुई अन्तरगत शिक्षा र बाणिज्य संकायमा कक्षा समेत संचालन गर्दै आएको छ भने नर्सरी देखि नै अंग्रेजी माध्यम बाट पठन पाठन गर्नुको साथै २०६८साल देखि बुढनिलकण्ढ बिद्यालय काठमाडौं संग सहकार्य गर्दै ३ पि कार्यक्रम संगै हाल १ हजार ४ सय १५जना छात्रा छात्रले बिधालयमा अध्यन गरि रहेका छन भने ३६ जना शिक्षक शिक्षिकाले रोजगारी पाएका छन ।
हाल बिधालयले छात्राबासको ब्यबस्था गरे संगै देशका ४५जिल्लाका १ सय ७१ जना छात्रा छात्र समेतले छात्राबासमा रहि अध्यन गरि रहेका बिधालयले जनाएको छ ।

बिधालयकी शिक्षिका तोरोना भुजेलले स्वागत गर्नु भएको भेलामा बिधालयका प्रधानाध्यापक भोला अधिकारीले आर्थिक बर्ष ०७७÷७८को २ करोड १ लाख ६३ हजार ८ सय ८१ रुपौया ४५ पैसाको बार्षिक आय ब्याय बिबरणका साथै पंच बर्षिय कार्ययोजना समेत प्रस्तुत गर्नु भएको भेलामा जनता समाजबादीका संजय पासवान ,जनज्योती मा.वि लालबन्दीका ब्यबस्थापन समिती सदस्य रामाशंकर पासवान ,शिशु कल्याण मा.वि जब्दीका प्रधानाध्यापक नरहरी धामी ,सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्दब पौडेल ,पद्दम भुवनेश्वरी नमुना बृद्दाआश्रमकी ब्यबस्थापक भवानी कोईराला लगायतले शिक्षालाई गुणस्तरीय रुपमा प्रदान गर्न राजनिति भन्दा माथी उढेर शिक्षा प्रेमी अभिभावक र नगरपालिका संग सहकार्य र अन्तरक्रिया कार्यक्रम गर्दै अघि बढ्न सकनु पर्नेमा जोड दिएका भेलाका संचालक तथा शिक्षक उत्तम दाहलले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.