१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही कांग्रेसको वडा अधिवेशनमा विवादपछि गोली चल्यो, अंगरक्षक गरी दुई जना घाईते – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही कांग्रेसको वडा अधिवेशनमा विवादपछि गोली चल्यो, अंगरक्षक गरी दुई जना घाईते

सर्लाही,१२ मंसिर । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा विावाद भएपछि गोली चलेको छ । सर्लाहीको बलरामा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको हो । प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन् ।

विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका वडा नंं ९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा मन्त्री सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले मन्त्रीको पिएसओबाट हवाई फायर भएको बताए । विवादकै क्रममा दुई पक्षको झडपछी मन्त्री सिंहका अंगरक्षक र एक जना स्थानिय गरी दुई जना समान्य घाईते भएको छ ।

दुबै घाईतेको टाउको फुटेको प्रहरी प्रवक्ता बुधाथोकीले बताए । अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको र घटना स्थलको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता बुधाथोकीले जानकारी दिए ।विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ ।

यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले बताए । ‘अचलगढमा विवाद भएपछि मन्त्रीको अंगरक्षकले गोली चलाएका छन् भनेर मलाई जानकारी आएको छ, उनलाई चोट पनि लागेको छ भन्ने बुझेको छु,’ राउतले भने, ‘विवादपछि बलराको दुई वडाको मतदान अधिकृतलाई सुरक्षा निकायले सुरक्षित तरिकाले सदरमुकाम मलंगवा ल्याउनु भएको छ ।’

११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिनै रहेको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ ।यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.