१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
काभ्रे कानपुरे धर्माखर पोडेल को कुल पुजा हरिवन मा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

काभ्रे कानपुरे धर्माखर पोडेल को कुल पुजा हरिवन मा सम्पन्न

प्रेमनाथ पौडेल
हरिवन,४ पुष । तिन तिन बर्षमा गरिने आत्रेय गोत्र पौडेल बंशको कुलपुजा सर्लाही सहित देशै भर विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।मंसिर शुक्लपुर्णीमा अर्थात धान्यपुर्णिमा मा मनाईने कुल पुजा (दियाली )सर्लाही सहित देशमा छरिएर रहेका आत्रय गोत्र पौडेल परिवारहरुले मनाएका हुन ।यसै बिच सर्लाहीको हरिवन ६ बालगंगामा पनि काभ्रे कानपुर बाट आएका धर्माकरका बंशहरुले धुमधामका साथ लाख बति प्रज्वलन गरि सबै जना एक ठाम जम्मा भएर मनाएका हुन ।

आफ्नो बंश र सन्तानको कहिले नराम्रो नहोस सधै प्रगती उन्नती र प्रगतीको साथै कुलको सम्झनामा साथै परिवारका सदस्य बृद्दी लगायतमा भाखल स्वरुप स्मरण गर्दै हरेक तिन तिन बर्षमा मनाईने कुलपुजा कतिपयले बलि दिएर मनाउने त कतिले पानी र जटा सहितको नरिवल चढाएर मनाउने गर्दछन ।

परापुर्बकाल देखि आफ्ना पुर्खाले मनाउदै आएको पर्वको रुपमा बलि दिनेले बोका बलि दिएर त कतिले आ आफ्ना कुल लाई सम्झ्दै नरिवल मिठाई खिर पुरी चढाएर बिशेषत भगवान बराह र बिन्दबासिनीको पुजा अर्चना र आराधना गर्दै मनाउने गरेको बागमति नगरपालिका वडा नं.२ घर भएका पुजामा सहभागी पन्डित सन्तोष पौडेलले बताउनु भयो ।

हरिवन वडा नं. ६ बालगंगाका कानपुरे धर्माखरका बंश सन्तानले भने बलि नभएर बिगत ३०बर्ष देखि नरिवल चढाएर अहिशाबादी सोचको बिकाश गर्दै कुल पुजा गर्ने गरेको कुलपुजा मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष रुद्र पौडेलले बताउनु भयो ।यसै बिच आइतबार कुलपुजा गर्नुको साथै आफ्ना बंशको स्वस्ती शान्तीको लागि लाखबती समेत प्रज्वलन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय सद्स्य लक्षमण पौडेल ,जिल्ला समन्वय समिती सर्लाहीका उप–प्रमुख तथा पौडेल बंश माहसंघका केन्द्रिय सदस्य जमुना पौडेल, सन्तोष पौडेल ,प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव प्रेमनाथ पौडेल ,दुर्गाहरी पौडेल ,पौडेल सेवा समाज हरिवनका अध्यक्ष केदारनाथ पौडेल लगायत पौडेल बन्धुबान्धब हरुको सहभागिता रहेको थियो ।

त्यस्तै हरिवनमै रहेका अन्य रामेछाप बाट आएका शैबुले आत्रेय बंश पौडेलहरुले भने आउदो ११गते हरिवन ४मा दियाली कुल पुजा गर्ने भएको कुलपुजा ब्यबस्थापन समितीका पुजारी शान्ती प्रसाद पौडेलले जानकारी दिनु भयो ।उक्त दिन हरिवन, लालबन्दी, बागमती लगायत आसपासमा रहेका पौडेल बंश आत्रेगोत्र दाजुभाई दिदी बहिनी सबैमा सहभागी भैदिनु हुन समेत पुजा ब्यबस्थापनी समिती हरिवन सर्लाहीले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.