सर्लाहीमा आगलागि हुदाँ एकै परिवारका दुई बालिक सहित तिनको मृत्यु, एक घाईते

प्रेमनाथ पौडेल
सर्लाही,१ पुष । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा आगलागि हुदाँ एकै परिवारका दुई जना र एक वृद्धा गरी तिन जनाको मृत्यु भएको छ । बुधवार राति कबिलासि नगरपालिका वडा नं.७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागि बाट चमारको तिन छोरीहरू मध्ये बर्ष ८ कि लक्ष्मि कुमारी, वर्ष ३ कि सोगन्धि कुमारी गम्भिर घाईते भएको थियो । भने ५ वर्षिय छोरी सुधा कुमारी समान्य घाईते भएकी थियो ।
चमारको गम्भिर घाईते छोरीहरुको जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचार पश्चात थप उपचारको लागि काठमाडौं लैजादैँ गर्दा बिहिवार बिहान बाटोमैे मृत्यु भएको प्रहरीले जनाएको छ ।चमारको अर्का ५ वर्षिय छोरी सुधा स्थानिय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडाबर्तन जली अन्दाजी मुल्य रु.५० हजार बरावरको क्षेती भएको तथा चौपाय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिकामा पनि आगलागि बाट एक वृद्धाको मृत्यु भएको छ । बुधवार राति वडा नं. ६ खुटौना बस्ने नसिर खाँ आफ्नो घर देखि अन्दाजीं.५ सय मिटर टाढा बाटो को छेउमा पराल बाली आगो ताप्ने क्रममा अचानक वृद्ध खाँले लगाएको कपडामा आगो लागेको थियो ।
वृद्धालाई आगोले पोली छटपटाई नालिमा खसेको अवस्थामा प्रहरी गस्ती टोलीले देखि उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल मलंगवा पठाएको थियो । घाइते वृद्धाको अनुहार, शरिरको बिभिन्न भागमा पोलेको तथा अवस्था गम्भिर रहेकोमा बिहिवार बिहान उपचारको क्रममा अस्पतालमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत तथा प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।