६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रदेश दुईका पत्रकारलाई उखु सहित ताजा तरकारीको माला बाट सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रदेश दुईका पत्रकारलाई उखु सहित ताजा तरकारीको माला बाट सम्मान

प्रेमनाथ पौडेल
हरिवन,१५ पौष । सर्लाहीको हरिवन नगरपालिकामा प्रदेश दुईका पत्रकार लाई उखुको लाक्रा र जिल्लामा उत्पादन गरिएका ताजा तरकारीको माला बाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ प्रादेशिक समिति २ नम्बर प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रादेशिक समितिको अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सगुन सहकारीको सभाहलमा नैतिक पत्रकारिता सम्बन्धि कार्यक्रममा कृषक उपज व्यवस्थापन समितिले तरकारीका विभिन्न मालाहरुमा बोरी, अदुवा, काउली, प्याज, गाजर, मुला, गोलभेडा, सिम, खुर्सानी भन्टा, धनियाको पात बन्दाकोभि, करेला, काक्रो, खुर्सानी, लगायत अन्य विभिन्न तरकारी बालिहरुले प्रमुख अतिथि देखि लिएर अतिथिहरु सम्मलाई सम्मान गरिएको हो ।

बर्सेनी उखु लगाएर उचित मूल्य नपाई रहेको अबस्थामा पत्रकारहरुले किसानको पीडालाई सुसुचित गराउने काममा अहम भुमिका खेलेको भन्दै उखु उत्पादक माहसंघका केन्द्रीय अध्यक्ष कपिल मुनि मैनालीले हरिवनमा उपस्थित भएका प्रदेश दुई कमिटिका पदाधिकारीलाई उखुको लाक्रा समेत दिएर सम्मान गर्नु भएको हो ।

त्यस्तै जिल्लामै ताजा तरकारी त्यस मध्ये पनि गोलभेडाको शहर भनेर नाम कमाउन सफल लालबन्दी ताजा तरकारी बजार उपभोक्ता समितीका कर्मचारी मिरा अधिकारी लगायतले फुलमाला नभएर नौलो किसिमले बिभिन्न ताजा तरकारी गोलभेडा ,काउली ,बन्दा, भन्टा ,खुर्सानी ,सिमि लगायतको मालाले पत्रकारहरुलाई सम्मान गरेको नेपाल पत्रकार माहसंघ प्रदेश दुईका कोषाध्यक्ष बिश्वनाथ ठाकुरले बताए ।

यसै बिच कार्यक्रममा उपस्थित पत्रकारहरु लाई उधोग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोशीले ढाका टोपी र चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले खादा लगाएर सबै पत्रकाए लाई स्वागत गर्नु भएको हो ।
मिडिया काउन्सिलका प्रदेश दुईका अध्यक्ष शिबहरी भट्टराईको प्रमुख आतिथ्यतामा भएको पाचौ बैठकले सात बुद्दे सर्लाही घोषणा पत्र जारी समेत गरेको छ ।

जारी घोषाणा पत्रमा पत्रकारिता पेशा लाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मा समिक्षा तथा विभिन्न कार्यक्रम मार्फत प्रेरित गर्ने ,पत्रकारको पेशागत भौतिक सुरक्षाका साथै जेष्ठ अग्रज पत्रकारहरुको लागि पेन्सनको लागि सरकारको ध्यानाकर्षण गराउने ,,कोरोना संक्रमणको कारण ज्यान गुमाएका पत्रकार र प्रभाबित भएका पत्रकार तथा संचारगृह लाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने ,सर्लाही सहित प्रदेश दुईकै कृषि उधोग पर्यटन लगायतको बिषय लाई उठान गरि समग्र नागरिकमा सुसुचित गराउन कलम चलाउने ,लगायतका बुद्दाहरु रहेका छन ।

कार्यक्रमका अध्यक्ष राजेश कर्णले पत्रकारहरुको बिच नैतिकता खसकिएको अवस्था छ, नैतिक रुपमा हामी पछाडि छौ,परिवर्तित समयमा नैतिकताको आवश्यकता भएको हुदा हामी त्यो बाटोमा जान जरुरी छ मन्तव्य दिएका थिए। पित्त पत्रकारिता व्यक्तिगत लाभ मात्र हुने हो त्यो समाचार होईन, जब सम राजनैतिक दलले पत्रकारितामा हस्तक्षेप गर्छ तब सम पत्रकारिता सबल हुन सकदैन त्यसकारण राजनीतिक दलको सदस्यता पत्रकारहरूले त्याग गरे मात्र पत्रकारिता सबल हुन्छ। पित पत्रकारिता अनलाईन र सोसल मिडियामा बढी भएको अध्यक्ष कर्णले बताए ।

यसै बैठक तथा कार्यक्रमको बारेमा प्रदेश दुईका सद्स्य तथा कार्यक्रम संयोजक शंकर श्रेष्ठ उदेश्यको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा नेपाल पत्रकार माहसंघका केन्द्रिय सद्स्य केसि लामिछाने ,शिव पुरी नेपाल पत्रकार माहसंघ सर्लाहीका पुर्ब अध्यक्ष कृष्ण कुमार एस्माली ,अकोराबका अध्यक्ष मनोज यादब( क)पुर्ब जिल्ला उपाध्यक्ष बख्तियार अलि, पत्रकार राकेश गुप्ता ,राधेश्याम कुश्वाह मनोज यादब( ख), मिडिया काउन्सिल प्रदेश नं २ का सदस्य बन्दना झा,लगायतले नैतिक पत्रकारिताको बारेमा आ–आफ्मो धारणा राख्नु भएको थियो भने पत्रकार माहसंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यसै बिच कार्यक्रम सहभागी प्रदेश दुईका पत्रकारहरु लाई प्रेस अंकित एक एक पिस ज्याकेट मलंगवा नगरपाकिकाले सौजन्य स्वरुप उपलब्ध गराएको थियो ,त्यस्तै सर्लाहीको बागमती नगरपालिकामा नवनिर्मित देश कै सबै भन्दा ठूलो मानव निर्मित १२१ बिगाहमा फैलिएको तालको अवलोकन र बोटमा सयर गर्ने वातावरण मिलाई सहयोग पुर्याएको प्रती बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र नगरपालिका परिवार प्रती प्रदेशकमिटीले धन्यबाद प्रदान गरेको माहसंघ प्रदेश दुई ले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button